Friday, April 17, 2026
Homeदेश र प्रदेशरुपन्देही काँग्रेसका नेता यादव जसपा प्रवेश

रुपन्देही काँग्रेसका नेता यादव जसपा प्रवेश

नेपाली काँग्रेस रुपन्देही सिद्धार्थ नगरका पूर्व क्षेत्रीय सभापति मातृकाप्रसाद यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन् । आज भैरहवामा आयोजित एक कार्यक्रमका बीच यादव जसपामा प्रवेश गरेका हुन् । उनलाई लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहसराम यादवले पार्टी प्रवेश गराएका छन् । बुधवार स्थानिय तहको टिकट वितरणमा काँग्रेसले मनोमानी गरेको भन्दै यादवले पार्टी परित्याग गरेका थिए ।

जनता समाजवादी पार्टीले यादवलाई नगर प्रमुख पदको उम्मेदवार बनाउने तयारी गरेको छ । यादव रुपन्देही काँग्रेसमा  लामो समयदेखि क्रियाशील नेता हुन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका