Friday, April 17, 2026
Homeराजनीतिनेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी नेकपा एमालेभन्दा अगाडि...

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी नेकपा एमालेभन्दा अगाडि पुगिसकेको बताएका छन्।

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी नेकपा एमालेभन्दा अगाडि पुगिसकेको बताएका छन्। कार्यकर्ता र जनताको माझमा आफूले जनता के चाहन्छन् भन्ने बुझेको र पार्टीले लिएको विचारका कारण जनतामा आकर्षण बढिरहेको उनले बताए।

आफूले कम्युनिष्ट आन्दोलनको निरन्तरतालाई कायम राखिरहेकाले २००६ सालमा नेपालमा स्थापित कम्युनिष्ट पार्टीको उत्तराधिकारी नेकपा एस नै भएको दाबी उनले गरे। कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने अभिभारा आफ्नै काँधमा भएको उनले बताए।

‘‘हामीले अगाडि सारेका विचार र मान्यताको कारणले जनतामा आकर्षण बढेको छ, पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ,” उनले भने।

उनले देशैभर नेकपा एसमा प्रवेश गर्नेको संख्या बढेको बताए। ‘‘सुदूरपश्चिममा सबैभन्दा ठूलो दल छौँ, दुई नम्बरमा केपी ओलीको पार्टीलाई पछाडि धकेलिसक्यौँ, एक र तीन नम्बरमा हाम्रा मुख्यमन्त्रीले विगतका कमजोरी सुधार्दै सरकारलाई ठीक बाटोमा लिएकाले राम्रो परिणाम आउँछ,” उनले भने, ‘‘लुम्बिनी र गण्डकीमा पनि अवस्था त्यस्तै छ ।”

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका