Thursday, April 30, 2026
Homeविचित्र संसारबाँदरबाट बाली जोगाउन ‘भालु’लाई जागिर

बाँदरबाट बाली जोगाउन ‘भालु’लाई जागिर

बाँदरलगायतका जंगली जनावरले खेतबारीको बालीनाली खाएर धेरै किसानहरू समस्यामा पर्दछन् हाम्रो देशमा पनि । बाँदरबाट बालीलाई जोगाउनका लागि अनेक उपाय अपनाइन्छ ।

कतिपय यस्ता उपायहरू प्रभावकारी पनि हुन्छन् । भारतको तेलंगानाका किसानले आफ्नो खेतबारीमा लगाएको बालीनालीको सुरक्षाका लागि ‘भालु’लाई खटाएका छन् ।

वास्तवमा किसानहरूले खेतबारीको बाली बाँदरलगायका जन्तुबाट जोगाउनका लागि एकजना मानिसलाई ड्युटीमा खटाएका छन् । ती व्यक्तिचाहिं भालुजस्तै देखिन पहिरन लगाएर खेतबारीको गस्ती गरिरहन्छन् ।

उनीहरूको बालीनालीमा बाँदर तथा बँदेलले ठूलो क्षति पुर्‍याइदिने गरेको छ जसले उनीहरूलाई धेरै नोक्सानी हुने गरेको छ ।

बाली खाइदिने बाँदर तथा बँदेल धपाउन आफैं खेतबारीमा दिनभर बस्न पनि नभ्याउने भएपछि स्थानीय भास्कर रेड्डी नामका किसानले गज्जबको आइडिया निकाले ।

उनले आफ्नो बालीनालीको हेरचाह गर्नका लागि भालु पहिरनमा एकजना व्यक्तिलाई खटाए । ती व्यक्तिलाई उनले दैनिक ५०० भारु ज्याला पनि दिएका छन् ।

भालुको पहिरनमा मानिस खटाएसँगै उनको बालीमा बाँदर तथा बँदेल छिर्ने आँट गरेका छैनन् । उक्त भालुलाई टाढैबाट देख्दा नै बाँदर तथा बँदेल डराएर भाग्ने गरेका छन् ।

एजेन्सी

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका