Thursday, April 30, 2026
Homeविचित्र संसारबेलायती पुरुषले तोडे आफ्नै रेकर्ड, एउटै बोटमा फलाए एक हजार २६९ गोलभेँडा

बेलायती पुरुषले तोडे आफ्नै रेकर्ड, एउटै बोटमा फलाए एक हजार २६९ गोलभेँडा

एक बेलायती पुरुषले एउटै बोटमा ८३८ चेरी गोलभेँडा फलाएको आफ्नै पुरानो रेकर्ड तोडेका छन् । उनले अर्को एउटै बोटबाट एक हजार २६९ गोलभेँडा फलाएपछि पुरानो रेकर्ड तोडिएको हो ।

बेलायतको हर्डफोर्डशायरका डगलास स्मिथले गोलभेँडा फलाउने विभिन्न वैज्ञानिक तरिका पढेका थिए । यसपछि उनले माटोको नमुना विश्लेषणका लागि प्रयोगशालामा लगे । यसपछि गोलभेँडा रोपे, र एउटै बोटबाट धेरै गोलभेँडा फलाएर गिनिज बुक अफ वर्ल्डमा आफ्नो नाम दर्ता गर्न सफल भएका छन् ।

स्मिथले १० वर्ष अघि एउटै बोटबाट ८३९ वटा गोलभेँडा फलाएको आफ्नै रेकर्ड तोडेका हुन् । उनले आफ्नो बगैँचामा गिनिज बुक अफ वर्ल्डमा रहेको विश्वकै ठूलो ६.८५ पाउन्डको गोलभेँडा फलाएपछि यसबाट प्रेरित भएको बताएका छन् । यो गोलभेँडा बेलायतकै ठूलो हो । यो गोलभेँडा विश्व रेकर्ड राख्नबाट भने थोरैले चुकेको थियो । उक्त गोलभेँडा १० पाउन्डको अमेरिकामा फलेको गोलभेँडाको तुलनामा सानो हो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका