Thursday, April 30, 2026
Homeविचित्र संसारमहिलाको गोप्य अंगमा चार वर्षदेखि अड्किएको थियो काँचको गिलास

महिलाको गोप्य अंगमा चार वर्षदेखि अड्किएको थियो काँचको गिलास

कतिपय घटनाहरु यस्ता दर्दनाक हुन्छन् कि भोग्नेलाई जस्तै देख्ने सुन्नेलाई पनि पीडाबोध हुन्छ । एकजना महिलाको गोप्य अंगमा ४ वर्षसम्म सिसाको गिलास अड्किएको घटना हालै सार्वजनिक भएको छ ।

अफ्रिकी मुलुक ट्युनिसियामा यो घटना भएको हो । डाक्टरहरुले शल्यक्रिया गरी महिलाको गोप्य अंगमा अड्किएको उक्त काँचको गिलास निकाल्न सफल भएका छन् ।

४५ वर्षकी ती महिलाको यौनांगमा जतिबेला पनि पीडा महसुस हुन्थ्यो र पटक पटक पिसाब फेर्न जानु पर्दथ्यो । पछिल्लो ४ वर्षदेखि दुखाई बढिरहेको थियो । यौनांगमा पीडाका कारण ती महिला जाँच गराउन डाक्टरकोमा पुगिन् । प्रारम्भिक चेकजाँचमा डाक्टरले सामान्य संक्रमणका कारण नभई ८ सेन्टिमिटरको पत्थरीका कारण उनको यौनांगमा पीडा भएको बताएका थिए ।

यतिलामो पत्थरी महिलाको सरीरमा भएको थाहा पाएपछि डाक्टरहरु पनि अचम्ममा परेका थिए । त्यसपछि शल्यक्रिया गरेर ती महिलाको यौनांगभित्र रहेको पत्थरी भनिएको वस्तु बाहिर निकालियो । तर जब यौनांगभित्रको वस्तु बाहिर निकालियो, तब डाक्टरहरुको समेत होसहवास उड्यो । त्यो वस्तु त डाक्टरले भनेजस्तो पत्थरी मात्र नभएर पत्थरी भित्र काँचको गिलास पो रहेछ ।

ट्युनिसियाको सफाक्स सहरमा रहेको हबीब बग्युमा विश्वविद्यालय अस्पतालमा ती महिलाको शल्यक्रिया गरी यौनांगमा अड्किएको काँचको गिलास निकालिएको हो ।

वास्तवमा महिलाको मुत्रथैलीमा रहेको ८ सेन्टिमिटर लामो पत्थरी भित्र काँचको गिलास थियो । उक्त गिलास महिलाको यौनांगबाट छिरेर मुत्रथैलीसम्म पुगेको थियो ।

शल्यक्रिया गरेर आफ्नो यौनांग भित्रबाट काँचको गिलास निकालिएपछि महिलालाई बल्ल आफुमाथि केही वर्षअगाडि भएको यौन हिंसाको सम्झना आयो । आफुमाथि त्यतिबेला भएको बलात्कारकै क्रममा आफ्नो यौनांगमा काँचको गिलास हालिदिएको हुनसक्ने उनको अनुमान छ । तर उनको त्यो दाबी पुष्टि भएको छैन । एजेन्सी

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका