Saturday, May 2, 2026
Homeकला/साहित्यसैलुङ साहित्यिक महोत्सवको तयारी पूरा

सैलुङ साहित्यिक महोत्सवको तयारी पूरा

दोलखाको पर्यटकीय क्षेत्र सैलुङमा हुने सैलुङ साहित्यिक महोत्सवको तयारी पूरा भएको छ ।  पर्यटकीयस्थल सैलुङ डाँडामा मदन भण्डारी कला साहित्य प्रतिष्ठान नेपालको आयोजना र सैलुङ गाउँपालिकाको सह आयोजनामा हुने सो साहित्यिक सांस्कृतिक महोत्सव २०७८ को तयारी पुरा भएको सैलुङ गाउँपालिकाका प्रमुख भरतबहादुर दुलालले बताए ।

महोत्सवमा देशभरका साहित्यकारको सहभागिता रहने छ । लेख रचना प्रकाशनमार्फत शैलुङडाँडालाई परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पालिका अध्यक्ष दुलालले बताए । कार्यक्रमको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताइएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका