Sunday, April 19, 2026
Homeबालसंसार‘हनुमानको करामत’ बालचित्रकथा सार्वजनिक

‘हनुमानको करामत’ बालचित्रकथा सार्वजनिक

जितेन्द्र रसिकको बालचित्रकथा ‘हनुमानको करामत’ बजारमा आएको छ । यसमा बालमनोविज्ञानमा आधारित रहेर राम र हनुमानको रोचक कथानक उठान गरिएको छ । कथामा राम र हनुमान भ्रमणका क्रममा भक्तपुरको हनुमन्ते खोला पुग्दाको काल्पनिक चित्रण गरिएको छ ।

प्रज्वल थापाको रंगीन चित्रले चित्रकथा आकर्षक देखिएको छ ।    इर्टनल प्रकाशन प्रालिले प्रकाशित गरेको ‘हनुमानको करामत’ कथाकार रसिकको  १३ औं कृति हो । यसअघि उनको एलियनको पृथ्वी भ्रमण, हावा फल्ने रुख, एङ्ग्री बर्ड, बेलबहादुरसँग विहे, गुलेली बालकथा सङ्ग्रहलगायत बालकथाका कृति प्रकाशित छन् । बालकथा बाहेक उनले उपन्यास, कविता लगायत विविध विधामा कलम चलाउका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका