लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चुनावका लागि मतदान सकिएको छ ।
दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रको मतदान स्थलमा बिहान ९ बजेदेखि शुरू भएको मतदान निर्धारित समयभित्र सकिएको हो । लुम्बिनी प्रदेशमा प्रदेश सांसद ८१ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २१५ गरी २९६ मतदाता रहेकोमा २९४ मत खसेको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिए ।
उनका अनुसार प्रदेश सांसदतर्फ ८१ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २१५ मध्ये २१३ जनाले मतदान गरेका छन् ।
मतदानका लागि प्रदेश सांसद र स्थानीय पालिकाको छुट्टाछुट्टै मतदान केन्द्र बनाइएको थियो । आवश्यक प्रक्रिया शुरू गरेर मतगणना हुने उनले बताए ।
लुम्बिनी प्रदेशमा ३ जना राष्ट्रियसभा सदस्य पदका लागि ६ जना चुनाव लडेका छन् । महिला सदस्यतर्फ सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राजेन्द्र लक्ष्मी गैरे र एमालेबाट बाँकेकी भारती उपाध्याय खनालबीच प्रतिस्पस्र्धा भएको छ ।
राप्रपाबाट निर्वाचित नेपालगञ्ज नगर प्रमुख र रूपन्देहीको रोहिणाी गाउँपालिकाका उपप्रमुख गरी २ जनाको मत नखसेको निर्वाचन कार्यालय जनाएको छ ।


