Saturday, June 6, 2026
Homeप्रवासबेलायतमा तीन दिनमा तीन लाख बीस हजार संक्रमित, नयाँ वर्षअघि प्रतिबन्ध नगरिने

बेलायतमा तीन दिनमा तीन लाख बीस हजार संक्रमित, नयाँ वर्षअघि प्रतिबन्ध नगरिने

बेलायतमा कोरोना संक्रमण दर उच्च बिन्दुमा पुगे पनि सरकारले तत्कालै प्रतिबन्ध लागू नगर्ने जनाएको छ । क्रिसमसपछि संक्रमण दर नियन्त्रण गर्न कडा प्रतिबन्ध लगाइने भनिएपनि नयाँ वर्ष अगाडी कुनै प्रतिबन्ध नलगाइने बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले आज बताएका हुन । तर, बेलायतकाअन्य क्षेत्रमा भने प्रतिबन्ध लागू गरिसकिएको छ ।

क्रिसमस अवधिभरमा यहाँ थप तीन लाख बीस हजार नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । शनिबार र आइतबार क्रमश: क्रिसमस र बक्सिंग डे परेको हुँदा दैनिक संक्रमित संख्या सार्वजनिक गरिएको थिएन। पछिल्लो २४ घन्टामा थप ९८ हजार ५१५ संक्रमित थपिएसँगै तीन दिनमा तीन लाख बीस हजार संक्रमित थपिएका हुन् ।

तर, आज सार्वजनिक गरिएको २४ घण्टाको तथ्यांकमा वेल्स, नर्दर्न आएरल्याण्ड र स्कटल्याण्डलाई समावेस गरिएको छैन । इंग्ल्याण्डको तथ्यांक अनुसार क्रिसमस डे का दिन एक लाख १३ हजार ६२८ र बक्सिंग डे का दिन एक लाख तीन हजार ५५८ जना संक्रमित भएका थिए ।

क्रिसमस डे मा भएको संक्रमित संख्या महामारीयताकै तेस्रो सबैभन्दा बढी संक्रमित हो । यसअघि डिसेम्बर २२ मा एक लाख २१ हजार ५३९ र डिसेम्बर २१ मा एक लाख १५ हजार ४६५ संक्रमित भएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख छ । योसँगै  बेलायतमा कोरोना संक्रमितको कुल संख्या एक करोड २२ लाख नाघेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण १४३ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि एक लाख ४८ हजार नाघेको छ । तर, कोभिडद्वारा मृत्यु भएको भनि गरिएको मृत्यु दर्ताको आधारमा भने मृतक संख्या एक लाख ७१ हजार भन्दा बढी छ ।

संक्रमणदर बढेसँगै अस्पताल भर्ना हुनेको संख्यामा पनि वृद्धि हुँदै गएको छ । पछिल्लो २४ घन्टामा अस्पताल भर्ना हुनेको संख्या एक हजार ११७ पुगेको छ । हाल बेलायतका अस्पतालमा आठ हजार २४० जनाको उपचार भइरहेको छ भने ८४२ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका