Friday, June 5, 2026
Homeमुख्य समाचारविनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

६ पुस, काठमाडौं । नेपाली कांग्रेसको मधेसी आरक्षण कोटामा उद्योगी विनोद चौधरीसहित ५ जना निर्वाचित भएका छन् ।

मंगलबार सकिएको मतगणना अनुसार लोकप्रिय मतका साथ अजय चौरासिया निर्वाचित भएका छन् । उनले २५२२ मत पाएका छन् ।

त्यस्तै विनोद चौधरीले २२०६, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ मत पाएका छन् ।

चौरासिया, चौधरी, राय र दिनेश यादव संस्थापन निकट हुन् भने चन्द्रमोहन यादव शेखर कोइराला पक्षका हुन् । चन्द्रमोहन पूर्व राष्ट्रपति रामवरण यादवका छोरा हुन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका