Friday, June 5, 2026
Homeमुख्य समाचारकांग्रेस महाधिवेशन : मतदान केन्द्रमा सेन्सरयुक्त स्यानिटाइजर मेसिन

कांग्रेस महाधिवेशन : मतदान केन्द्रमा सेन्सरयुक्त स्यानिटाइजर मेसिन

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिहरुलाई स्यानिटाइज गरेर मात्रै मतदान स्थलमा प्रवेशको व्यवस्था मिलाइएको छ । मोहन बस्नेत नेतृत्वको स्वास्थ्य समितिले स्यानिटाइजर छर्किने सेन्सरसहितको मेसिनको व्यवस्था मिलाएको छ ।

मतदान गर्न जानुअघि हरेक महाधिवेशन प्रतिनिधिहरु सोही मेसिन हुँदै जानुपर्ने छ । प्रतिनिधिहरु सो मेसिन अगाडि उभिंदा सो मेसिनले शरीरमा स्यानिटाइजर छर्किने छ ।

मतदानका लागि ४ हजार ७ सय ४३ जना प्रतिनिधिहरुको नामावली सार्वजनिक भएको छ । प्रतिनिधिहरु भोट खसाल्ने लाइनमा उभिएका छन् । बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान मतपत्र प्रकाशनमा ढिलाइ भएकाले निर्धारित समयमा सुरु हुन सकेको छैन ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका