Friday, May 1, 2026
Homeविचित्र संसारयो हो मुठीमै अट्ने विश्वको सबैभन्दा सानो हेलिकोप्टर, मूल्य डेढ करोड

यो हो मुठीमै अट्ने विश्वको सबैभन्दा सानो हेलिकोप्टर, मूल्य डेढ करोड

संसारमा एक से एक अब्बल हेलिकोप्टरहरु छन्ज समध्ये कतिको आकार कारजत्रै त कतिको ठूलो ट्रक जत्रो पनि हुन्छ । तर अहिले संसारमा एउटा यस्तो हेलिकप्टर जसको आकार केवल तपाइँको मुठ्ठीजत्रै छ । अझ अनौठो त के भने यो मुठ्ठीभरको हेलिकप्टरको मूल्य चाहीँ वास्तविक हेलिकप्टर जत्ति नै छ ।

यो विचित्रको हेलिकप्टरको आकार मुठ्ठीमा अट्ने भएपछि यसको काम मान्छे बोक्ने त नहुने नै भयो । वास्तवमा यसको काम निगरानी गर्नु हो ।

संसारकै सानो यो हेलिकप्टरको नाम PD-100 Black Hornet हो । संवेदनशील तथा उच्च प्राथमिकता प्राप्त अभियानमा सेना तथा प्रहरीहरूलाई निगरानी तथा जासूसी सहायता प्रदान गर्नका लागि यो हेलिकप्टरको डिजाइन गरिएको हो । यो हेलिकोप्टरको लम्बाई १० सेन्टिमिटर र चौडाई २.५ सेन्टिमिटर छ ।

वास्तवमा यो रिमोटबाट नियन्त्रित हुने ड्रोन हो जो अग्रपंक्तिमा खटिने सैनिकहरुको ज्यान जोगाउने उद्देश्यका साथ डिजाइन गरिएको छ । आफ्नो लडाकु भूमिकाको अलावा पीडी १०० ब्लाक हर्नेनको प्रयोग विपद प्रभावित क्षेत्रमा नागरिकको खोजी तथा बचाउ कार्यमा पनि गनृ सकिनेछ ।

नर्वेस्थित Prox Dynamics कम्पनीले यो हेलिकप्टर ड्रोन तयार गरेको हो । यसको प्रयोग अमेरिका, फ्रान्स, बेलायत, जर्मनी, अष्ट्रेलिया, टर्की, नर्वे, नेदरल्याण्ड, पोल्याण्ड, न्यु जिल्याण्ड तथा भारतलगायतका देशका सैनिकले गर्ने गरेका छन् ।

यो हेलिकप्टर सञ्चालनका लागि अपरेटरलाई २० मिनेटमै तालीम प्रदान गर्न सकिन्छ । यो हेलिकोप्टर ड्रोनमा तीनवटा क्यामरा छन् । एउटा अगाडितर्फ, अर्को सिधै तलतर्फ र तेेश्रो तलतर्फ ४५ डिग्रीको कोणमा निगरानी गर्नेगरी क्यामरा सेटअप गरिएको छ । अर्थात् यो ड्रोनका क्यामराको नजरबाट करीब कुनै पनि हिस्सा बँच्न सक्दैन ।

ब्लाक हर्नेट हेलिकप्टरको प्याकेज खरीद गर्दा दुईवटा यस्ता हेलिकप्टर पाइन्छ । हेलिकप्टरलाई पूरा चार्ज गरेपछि आधा घण्टासम्म हावामा उडाउन सकिन्छ । यो हेलिकोप्टरको गति २१ किलोमिटर प्रतिघण्टा रहेको छ ।

मूल्यको कुरा गर्दा चिज मुठ्ठीभरको भएपनि यसको मूल्य चाहीँ करीब डेढ करोड रुपैयाँ बराबर पर्दछ ।

एजेन्सी

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका