Tuesday, April 21, 2026
Homeअन्तराष्ट्रियमेक्सिकोमा ठूलो दुर्घटना, सडक दुर्घटनामा ५३ को मृत्यु

मेक्सिकोमा ठूलो दुर्घटना, सडक दुर्घटनामा ५३ को मृत्यु

ल्याटिन अमेरिकी देश मेक्सिकोको दक्षिणी भागमा बिहिबार एक सडक दुर्घटनामा ५३ जना मारिएको खबर छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यो दुर्घटनामा दक्षिण मेक्सिकोको चियापास प्रान्तमा भएको हो  । यहाँ एउटा ट्रेलर घुमाउरो मोडमा पल्टिएका कारण दुर्घटनामा परेको हो ।

उक्त ट्रेलरमा सयभन्दा बढीको उपस्थिति थियो जसमा धेरैजसो मध्य अमेरिकी देशका प्रवासी थिए । अधिकारीका अनुसार उक्त दुर्घटनामा हालसम्म ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यस्तै, ५८ जना गम्भीर घाइते भएको जानकारीमा उल्लेख छ । स्थानीय प्रशासनले घाइतेलाई नजिकैको अस्पताल पुर्याएका छन् जहाँ उनीहरुको उपचार भइरहेको छ । मध्य अमेरिकी देशको गरिबी र हिंसाले भरिएको माहौलबाट निस्कनका लागि प्रवासी मेक्सिकोको बाटो हुँदै अमेरिकी सीमामा पुग्ने कोसिस गर्छन् ।

कहिलेकाँही उनीहरु हिँडेरै पनि लामो यात्रामा निस्कन्छन् ।

र कहिलेकाँही उनीहरु अवैध तरिकाले चलाइँदै गरेको ट्रकमा असुरक्षित ढङ्गले यात्रा गर्छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका