Friday, June 5, 2026
Homeमुख्य समाचारत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलो सुनका ‘बाला’ बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ किलो सुनका ‘बाला’ बरामद

त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट ११ किलो सुनका बाला बरामद गरिएको छ । मंगलबार मध्यराति सम्ममा ११ किलो सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले रातोपाटीलाई बताए ।

मंसिर १३ मा भन्सार कार्यालयले एकैदिन २१ किलो सुन बरामद गरेको थियो । विदेशबाट फर्किनेहरुले ल्याएको बाला आकारको सुन विमानस्थलमा नियन्त्रणमा लिएर राजस्व तिराउन थालिएको छ ।

यसअघि विदेशबाट फर्किनेहरुले ५० ग्रामसम्म सुनलाई बंग्याएर बालाको आकार बनाएर ल्याउँदा भन्सार छुट पाउने गरेका थिए । तर, सो सुविधाको दुरुपयोग गरेको भेटिएपछि  भन्सार तिर्नुपर्ने व्यवस्था लागू गरिएको प्रमुख भन्सार प्रशासक महेश भट्टराईले बताए ।

मंगलबार मध्यराति सम्ममा २ सय २१ जना खाडी मुलुकबाट सुन बोकेर आएका थिए । उनीहरुमध्ये १ सय ४७ जनाले भन्सार शुल्क तिरेर ६ किलो ९८२ ग्राम सुन लगेका छन् ।  सो बापत ६७ लाख ३० हजार राजस्व संकलन गरिएको छ । ४ किलो सुन भन्सार काउन्टरमा राखिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका