Friday, June 5, 2026
Homeमुख्य समाचारमोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम तत्काल लागू गर्न अर्थमन्त्रीको निर्देशन

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम तत्काल लागू गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) तत्काल लागू गर्न निर्देशन दिएका छन । उनले मोबाइल वितरक सङ्घको दोश्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै यस्तो निर्देशन दिएका हुन् ।

एमडिएमएस लागू नहुँदा नेपालमा अवैध मोबाइल आयात भइरहेकाले त्यसलाई तत्काल रोक्नु पर्ने बताए । भने, “नेपालमा अवैधरुपमा अवैध काम हुँदै आएको छ ।”

मन्त्री शर्माले यहि महिनादेखि एमडिएमएस लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका हुन । अवैध आयातकर्तालाई पोस्न एमडिएमएस लागू नभएको हुनसक्ने भएकाले अब तत्काल यो सिस्टम लागू हुने जानकारी दिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका