Friday, April 17, 2026
Homeकोरोना बिशेष२४ घण्टामा ६२९५ जनाले कोरोना जिते : ३३८४ संक्रमित थपिए

२४ घण्टामा ६२९५ जनाले कोरोना जिते : ३३८४ संक्रमित थपिए

६१ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार २९५ जनाले कोरोना भाइरस (कोभिड-१९) संक्रमण जितेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या पाँच लाख २७ हजार १११ पुगेको छ।

मन्त्रालयका अनुसार २४ घण्टामा तीन हजार ३८४ जना संक्रमित थपिएका छन्। २४ घण्टामा ८ हजार ५०६ जनाको पीसीआर र पाँच हजार ९८८ जनाको एन्टिजेन परीक्षण गर्दा तीन हजार ३८४ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट ६ लाख ६७ हजार ७८ र एन्टिजेन परीक्षणबाट १९ हजार ७५७ जनामा संक्रमण पुष्टि भएको छ।

२४ घण्टामा ६१ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ८ हजार ३६६ पुगेको छ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका