काठमाडौं : पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ भने २२ सय ६० जना संक्रमण मुक्त भएका छन् । शनिबार कोरोनाबाट २५ जनाले ज्यान गुमाएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप १३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एन्टिजेनबाट १७४ र पीसीआरबाट १ हजार २१४ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार ६२५ जनाको आइसीयू र १६७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ रहेको छ।


