Saturday, May 9, 2026
Home Blog Page 77

झापा–५ मा बालेन शाहको फराकिलो अग्रता

0

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर–५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले फराकिलो अग्रता लिएका छन्।

हालसम्म ९ हजार ४१२ मत गणना हुँदा शाहले ६ हजार ५५१ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १ हजार ४२८ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले २१६ मत ल्याएकी छन् भने नेकपाका रञ्जित तामाङले १६५ मत प्राप्त गरेका छन्।

झापा–५ मा मतगणना जारी रहेको छ।

इलाम–२ मा सुहाङ नेम्बाङको सुरुवाती अग्रता

0

विराटनगर । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत इलाम निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङले सुरुवाती अग्रता लिएका छन्।

हालसम्मको मतगणनाअनुसार नेम्बाङले ४९१ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सुदीप राईले ४४३ मतसहित पछ्याइरहेका छन्। नेपाली कांग्रेसका भेषराज आचार्यले २१० मत प्राप्त गरेका छन्।

उल्लेखनीय छ कि २०८१ साल वैशाखमा सम्पन्न उपनिर्वाचनमा पनि एमालेका सुहाङ नेम्बाङ यसै क्षेत्रबाट निर्वाचित भएका थिए।

रुकुमपूर्व–१ मा प्रचण्डको सुरुवाती अग्रता

0

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुकुमपूर्व–१ मा नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरुवाती मतगणनाबाटै अग्रता कायम गरेका छन्।

हालसम्मको मतपरिणामअनुसार प्रचण्डले १ हजार ४१५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ४३१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ४१७ मत ल्याएकी छन्।

सुरुवाती चरणको मतगणनामै प्रचण्डले उल्लेखनीय मतान्तरसहित अग्रता बनाएका छन्। रुकुमपूर्व–१ मा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

चितवन–२ मा रवि लामिछानेको अग्रता कायम

0

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–२ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अग्रता कायम राखेका छन्।

हालसम्मको मतगणनाअनुसार लामिछानेले ३ हजार २६५ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरे १ हजार ५१९ मतसहित दोस्रो स्थानमा छन्।

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रताप गुरुङले १ हजार २६० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेल १ हजार ९४ मतसहित चौथो स्थानमा रहेकी छन्।

चितवन–२ मा मतगणना जारी रहेको छ।

काठमाडौंका १० वटै क्षेत्रमा रास्वपाको अग्रता

0

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिएका छन्। गए रातिदेखि सुरु भएको मतगणनाअनुसार काठमाडौंमा रास्वपाको पक्षमा उल्लेखनीय लहर देखिएको छ।

काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शनाले अग्रता कायम राखेकी छन्। उनले १० हजार ५८१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ४ हजार ७३३ मत प्राप्त गरेका छन्। राप्रपाका रवीन्द्र मिश्र २ हजार ७४४ मतसहित तेस्रो स्थानमा छन्।

काठमाडौं–२ मा रास्वपाका सुनिल केसी अग्रस्थानमा छन्। उनले ४२४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका मणिराम फुयालले २३६ मतसहित पछ्याइरहेका छन्। नेपाली कांग्रेसका कबिर शर्मा १८९ मत र राप्रपाकी कुन्तिदेवी पोखरेल ५७ मतसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डे अग्रस्थानमा छन्। उनले ४ हजार ६४९ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ३ हजार ३४१ मत पाएका छन्। नेपाली कांग्रेसका रमेश अर्यालले १ हजार ४८१ मत र नेकपा एमालेका रामेश्वर फुयालले ९४९ मत प्राप्त गरेका छन्।

काठमाडौं–४ मा रास्वपाका पुकार बमले ३ हजार ९२२ मतसहित अग्रता लिएका छन्। नेपाली कांग्रेसका सचिन तिमिल्सिनाले १ हजार ९५ मत ल्याएका छन् भने नेकपा एमालेका राजन भट्टराईले ९५६ मत प्राप्त गरेका छन्।

काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल ३ हजार ७०० मतसहित अगाडि छन्। नेपाली कांग्रेसका प्रदीप पौडेलले १ हजार ७८ मत ल्याएका छन् भने नेकपा एमालेका ईश्वर पोखरेलले ६९९ मत प्राप्त गरेका छन्।

काठमाडौं–६ मा रास्वपाका शिशिर खनालले ४ हजार ६५४ मतसहित स्पष्ट अग्रता लिएका छन्। अन्य दलका उम्मेदवारहरूले भने हालसम्म १ हजार मत पनि कटाउन सकेका छैनन्।

काठमाडौं–७ मा रास्वपाका गणेश पराजुली ४ हजार ६७७ मतसहित अग्रस्थानमा छन्। नेकपा एमालेका प्रकाश श्रेष्ठ र नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंले भने हालसम्म १ हजार मत नपुगेको छ।

काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ ७ हजार ६१७ मतसहित विजय उन्मुख देखिएका छन्। अन्य प्रमुख दलका उम्मेदवारहरूले भने १ हजार मत कटाउन सकेका छैनन्।

काठमाडौं–९ मा रास्वपाका डिपी अर्याल १ हजार ५५२ मतसहित अग्रस्थानमा छन्। नेपाली कांग्रेसका नानु बास्तोला २६१ मत र नेकपा एमालेका अजयक्रान्ति शाक्य १५२ मतसहित पछ्याइरहेका छन्।

काठमाडौं–१० मा रास्वपाका प्रदीप विष्टले ५ हजार ७६५ मतसहित फराकिलो अग्रता लिएका छन्। नेपाली कांग्रेसका हिमाल कार्कीले १ हजार ७८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका विनोद श्रेष्ठले ७३१ मत ल्याएका छन्।

काठमाडौंका केही क्षेत्रमा मध्यरातदेखि मतगणना सुरु भएकाले आज साँझसम्म केही क्षेत्रको अन्तिम परिणाम आउने सम्भावना छ। अन्य क्षेत्रमा भने मतगणनाको नतिजा राति अबेर वा भोलि बिहानसम्म सार्वजनिक हुने अनुमान गरिएको छ।

विवादका कारण मकवानपुरमा मतगणना सुरु हुन सकेन

0

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरमा मतगणना सुरु हुन सकेको छैन।

मतगणनाको प्रक्रिया अघि बढाउन बसेको सर्वदलीय बैठकमा विवाद उत्पन्न भएपछि मतगणना रोकिएको हो। बैठकमा सहभागी विभिन्न दलका प्रतिनिधिहरूले वडा–वडाको मत छुट्टाछुट्टै गणना गर्नुपर्ने माग गरेका छन्।

उनीहरूले कुन वडाबाट कति मत आएको भन्ने स्पष्ट जानकारी हुनुपर्ने भन्दै वडा अनुसार मतपत्र गन्नुपर्ने अडान राखेका छन्। सर्वदलीय सहमति बिना मतगणना अगाडि बढाउन नसकिने पनि उनीहरूको भनाइ छ।

दलका प्रतिनिधिहरूले वडा अनुसार गणना नगरे मतगणना हुन नदिने चेतावनीसमेत दिएका छन्। “यदि हाम्रो कुरा लागू हुँदैन भने सर्वदलीय बैठकको के अर्थ ?” भन्ने प्रश्न पनि उनीहरूले उठाएका छन्।

मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले भने मतदाताको गोपनीयता र सुरक्षालाई ध्यानमा राखेर वडा अनुसार छुट्टै मतगणना गर्न नसकिने बताउनुभएको छ। निर्वाचन अधिकृत देवेन्द्र आचार्यले पनि निर्वाचनसम्बन्धी प्रावधानअनुसार एकभन्दा बढी वडाका मतपत्र मिसाएर गणना गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिए।

सर्वदलीय सहमति जुटेपछि मात्रै मतगणना सुरु गरिने बताइएको छ। मकवानपुरमा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र छन् भने कुल ४४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।

धनुषा–३ मा मनिष झाको फराकिलो अग्रता

0

धनुषा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतदानपछि धनुषा क्षेत्र नम्बर–३ को मतगणना सुरु भएको छ।

जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झा फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्। हालसम्मको मतपरिणामअनुसार झाले ४ हजार ३२४ मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार बिमलेन्द्र निधिले १ हजार ५३८ मत पाएका छन्।

यस्तै, नेकपा एमालेकी उम्मेदवार जुली महतो ७४३ मतसहित तेस्रो स्थानमा रहेकी छन्।

क्षेत्र नम्बर–३ मा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बाजुराका ११५ मतदान केन्द्रका मतपेटिका मार्तडी पुगे, बाँकी तीन हेलिकप्टरबाट ल्याइने

0

बाजुरा । बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ११५ मतदान केन्द्रका मतपेटिका सुरक्षाकर्मीको विशेष निगरानीमा शुक्रबार बिहान ५ बजेसम्म सदरमुकाम मार्तडी पुगेका छन्।

फागुन २१ गते सम्पन्न निर्वाचनपछि जिल्लाका ७७ मतदान स्थलअन्तर्गत ११८ मतदान केन्द्रमध्ये तीन बाहेक अन्य सबै केन्द्रका मतपेटिका सदरमुकाम ल्याइएको हो।

हिमाली गाउँपालिका–३ स्थित हिमाल भक्ति आधारभूत विद्यालय गुम्बाको मतपेटिका भने बिहीबार नै नेपाली सेनाको हेलिकप्टरमार्फत मार्तडी ल्याइएको थियो। ११५ मतदान केन्द्रका मतपेटिका आइपुगेपछि बाँकी रहेका तीन केन्द्रका मतपेटिका पनि हेलिकप्टरमार्फत ल्याइने तयारी गरिएको छ।

हिमाली गाउँपालिका–३ स्थित गङ्गा आधारभूत विद्यालय बौडी, वडा नम्बर–१ मा रहेको सुनन्दा माध्यमिक विद्यालय बाम र विच्छ्या माध्यमिक विद्यालय विच्छ्याका मतपेटिका आज नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले जानकारी दिए।

सडक पहुँच भएका क्षेत्रका मतपेटिका सदरमुकाम ल्याई मतगणना स्थल जिल्ला समन्वय समिति बाजुरामा सुरक्षित रूपमा राखिएको छ। बाँकी तीन मतदान केन्द्रका मतपेटिका आएपछि आजै सर्वदलीय बैठक बोलाई मतगणनाको तयारी गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बाजुरामा कुल ८७ हजार ८६१ मतदाता रहेका थिए। तीमध्ये ४६ हजार २३२ मत खसेको छ, जुन कुल मतदाताको करिब ५२ प्रतिशत हो। प्रतिनिधिसभा सदस्यका लागि एक स्वतन्त्रसहित सात राजनीतिक दलका गरी आठ जना उम्मेदवार चुनावी मैदानमा छन्।

चितवन–३ मा सोविता गौतमको अग्रता

0

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर–३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन्।

हालसम्मको मतगणनाअनुसार गौतमले २ हजार ४८५ मत प्राप्त गरेकी छन्। उनलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेणु दाहालले १ हजार ७८६ मतसहित पछ्याइरहेकी छन्।

यस्तै, नेकपा एमालेका उम्मेदवार शंकर थपलिया ५३५ मतसहित तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङ २७६ मतसहित चौथो स्थानमा रहेका छन्।

चितवन–३ मा मतगणना जारी रहेको छ।

मकवानपुरका दुवै क्षेत्रमा आजबाट मतगणना सुरु

0

हेटौँडा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना आजबाट सुरु गरिने भएको छ।

बिहीबार सम्पन्न मतदानपछि सबै मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलमा ल्याएर राखिएको छ। सर्वदलीय बैठकमार्फत आवश्यक प्रक्रिया टुंग्याएपछि आजबाट मतगणना सुरु गर्न लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार मकवानपुर क्षेत्र नम्बर–१ र क्षेत्र नम्बर–२ का सबै मतदान केन्द्रबाट संकलित मतपेटिका हेटौँडास्थित भुटनदेवी माध्यमिक विद्यालयमा ल्याइसकिएको छ र सुरक्षित रूपमा राखिएको छ। सर्वदलीय बैठकमा मतगणनाको प्रक्रिया, गणना स्थलको व्यवस्थापन तथा दलका प्रतिनिधिहरूको उपस्थितिबारे सहमति भएपछि मतगणना सुरु गर्ने तयारी गरिएको हो।

मतगणनाका लागि आवश्यक सुरक्षा प्रबन्धसमेत मिलाइएको छ। गणना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका सुरक्षाकर्मी परिचालन गरिएको छ। साथै सिसिटिभी क्यामेरा जडान गरी तारजाली लगाएर मतगणना स्थललाई सुरक्षित र व्यवस्थित बनाइएको छ।