Tuesday, June 16, 2026
Home Blog Page 682

दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ: सभापति देउवा

0

काठमाडौँ: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्तिव्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको उल्लेख गर्नुभएको छ ।

बडादसैँका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै उहाँले यो पर्वलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताका रुपमा मनाउँदै आएको बताउनुभएको छ ।

दसैँको पूर्वसन्ध्यामा बाढी, पहिराको प्रकोपले मुलुक नै आक्रान्त हुन पुगेको उल्लेख गर्दै सभापति देउवाले हजारौँ नागरिक घरवारविहीन हुन पुगेको बताउनुभएको छ । “मुलुकका अर्बौंका राष्ट्रिय पूर्वाधार नष्ट भएका छन् । दसैँमा मान्यजनबाट आशिष लिन र आफन्तसँग भेटघाट गर्नका लागि गाउँघर फर्कन कठीन अवस्था सिर्जना भएको छ”, उहाँले उल्लेख गर्नुभएको छ, “हजारौँ नागरिकका करोडौँका जग्गाजमिन र भित्र्याउने बेला भएका अन्नबाली सखाप भएका छन् । यो विपत्तिका समयमा दुर्गा भवानीले सबैलाई आत्मबल र दृढ शक्ति प्रदान गरून् भन्ने कामना गर्दछु ।”

नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र हो । हामीमा नीहित बन्धुत्व भावले यी विविधताबीचमा पनि अनुपम एकता कायम गरेको उहाँको भनाइ छ । विविधताबीचको एकता नेपालीको विशेषता र पहिचान पनि हो । दसैँ हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व भएको बताउँदै उहाँले यो पर्वले अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने उल्लेख गर्नुभएको छ । सभापति देउवाले बडादसैँको पुनित अवसरमा कांग्रेस र आफ्नो व्यक्तिगततर्फबाट सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपतिद्वारा विजयादशमीको उपलक्ष्यमा शुभकामना व्यक्त

0

काठमाडौँ: उपराष्ट्रपति रामसहायप्रसाद यादवले विजयादशमीका अवसरमा आस्था र निष्ठाका साथ गरिने पूजापाठले आध्यात्मिक जीवनलाई सार्थक बनाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालीहरूको महान पर्व विजयादशमीको उपलक्ष्यमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले यस पर्वले समाजमा नयाँ उत्साह र उमङ्ग छर्ने बताउनुभयो । “आनन्द, खुशी र एकताको यो पर्वले सबैको जीवनमा खराब आचरणको अन्त्य गर्दै समाजमा नयाँ ऊर्जा तथा उत्साह सञ्चार गर्न सकोस्”, शुभकामना सन्देशमा उल्लेख छ ।

उपराष्ट्रपति यादवले आख्यानका आधारमा तिथि विशेषमा मनाइने हाम्रा प्रत्येक पर्व–तिहार आफ्नो मान्यतामा अनौठो र मौलिक रहेका उल्लेख गर्नुभयो । यस्ता पर्वलले हाम्रा सांस्कृतिक परम्परालाई अक्षुष्ण राख्न सहयोग पुग्ने भन्नुहुँदै उहाँले नेपालीका महत्वपूर्ण चाडपर्वमध्ये विजयादशमी पनि एक भएको उल्लेख गर्नुभएको छ । “भूगोल, क्षेत्र, वर्ग र समुदायअनुसार दसैँ, वडादसैँ, दशहरा, दुर्गापूजा, नवरात्रि आदि नामले समेत चिनिने यो महापर्व असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मनाइन्छ । विजयादशमी सामाजिक मात्र नभइ राष्ट्रिय महत्व बोकेको पर्व पनि हो । यसले कुप्रवृत्तिमाथि सद्वृत्तिको विजय, असत्यमाथि सत्यको विजय, अन्धकारमाथि प्रकाशको विजयको सन्देश दिन्छ”, उपराष्ट्रपति यादवले भन्नुभएको छ,“संसारमा अन्याय र अत्याचार गर्नेहरूको सँधै पराजय हुने तथा न्यायकर्ता र सदाचारीको सँधै विजय हुने शिक्षा पनि यसले दिन्छ । अत्याचारी जतिसुकै शक्तिशाली भए पनि अन्त्यमा उसको सर्वनाश निश्चित भएको सन्देश पनि दिन्छ ।”

उहाँले विजयादशमीले समाजमा चेतना र सजगता ल्याउँदै सबैलाई मन–बचनबाट सुकर्म गर्न र कुविचार परित्याग गर्न सघाउँ पुगोस् भनि कामनासमेत गर्नुभएको छ । यस्तै, विजयादशमीले आपसी शत्रुता र कटुता बिर्सेर एकअर्कामा शुभकामना आदानप्रदान गर्ने अवसर प्रदान गर्दै परिवार र समाजमा एकता, प्रेम र सद्भावना बढाउनमा सहयोग पुग्ने र सामाजिक सम्बन्धलाई बलियो र एकताको भावना अभिवृद्धि गर्नमा सघाउने उपराष्ट्रपति यादवको विश्वास छ ।

उपराष्ट्रपति यादवबाट टीका तथा प्रसाद प्रदान हुने समय निर्धारण

यसैबीच उपराष्ट्रपति रामसहायप्रसाद यादवबाट विजयादशमीको अवसरमा उच्चपदस्थ व्यक्तित्व र आमनागरिकलाई टीका तथा प्रसाद प्रदान हुने समय तोकिएको उहाँको सचिवालयले जनाएको छ ।

उपराष्ट्रपति यादवको सचिवालयले बुधबार एक प्रेस नोट जारी गर्दै यही असोज २६ गते दसैँका दिन उच्च तहमा रहेका व्यक्ति र आमनागरिकलाई टीका–प्रसाद ग्रहणका लागि अपरान्ह २ः३० बजेदेखि ४ः०० बजेसम्मको समय तोकिएको जनाएको हो । सचिवालयले टीका ग्रहणका क्रममा मर्यादित पोशाक लगाएर आउन अपिलसमेत गरेको छ ।

दसैँमा गाउँ नै रमाइलो…

0

म्याग्दी: खेतबारीमा लहलह झुलेका धान र कोदोको बाला । वर्षा रोकिएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला । रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द ।

अचेल यस्तै छ म्याग्दीका गाउँघरको माहोल । सहर बजार र विदेशिएकाहरू दसैँ पर्व मनाउन जन्मथलो फर्किएपछि म्याग्दीका यहाँका बस्ती गुञ्जायमान छन् । अन्नपूर्ण गाउँपालिका–७ घराम्दीका तीर्थ फगामी भन्नुहुन्छ, “अघिपछि गाउँघरमा उतिसारो युुवा हुँदैनन् । पेसा, व्यवसाय, अध्ययन र रोजगारीको सिलसिलामा देश, विदेश पुगेका हुन्छन् तर चाडपर्वको बेला जन्मथलो फर्किएपछि गाउँघरको रौनक नै अर्कै हुन्छ । चाडपर्वले वर्षौपछिका आफन्त, साथीभाई र इष्टमित्रको मिलन गराउँछ । ”

राष्ट्रिय जनगणना, २०७८ को नतिजाअनुसार छ स्थानीय तहका ४५ वडा रहेको म्याग्दीमा एक लाख सात हजार जनसङ्ख्या छ । यो विसं २०६८ भन्दा करिब सात हजारले कमी हो ।

गाउँगाउँमा सडक, घरघरमा खानेपानी, विद्युत्, इन्टरनेट सुविधा पुगे पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र रोजगारीको अवसरका खोजीमा मानिस सहर तथा विदेशीने क्रम बढेको बढ्यै छ । अन्य समय विद्यालय उमेरका बालबालिका र ज्येष्ठ नागरिक बढी भेटिने ग्रामीण क्षेत्रमा चाडपर्वको समयमा भने युवा उमेर समूहका मानिसको चहलपहल हुन्छ ।

तीमध्येका एक हुनुहुन्छ, धवलागिरी गाउँपालिका–४ खिवाङका होमबहादुर पुन । दसैँ मनाउन अमेरिकाबाट आठ वर्षपछि जन्मथलो फर्किनुभएका उहाँ भन्नुहुन्छ,“चाडपर्वको समयमा विदेशमा गाउँघर सम्झिएर नरमाइmलो लाग्थ्यो । उकालीओराली गरेका, सँगै पढेका साथीभाई, आफन्तजन र छिमेकीसँगको आत्मियता विदेशमा कहाँ पाइन्छ र ! सहरबजारको चाडपर्व घर र परिवारमा सीमित हुुन्छ । यहाँको मौलिक संस्कृति, आफन्त साथीभाई र इन्टमित्रको भेटघाटले विगतको स्मरण तथा नयाँ योजना बनाउन सघाउँछ ।”

बेलायतबाट दश वर्षपछि जन्मथलो आउनुभएका अन्नपूर्ण–७ घराम्दीका धनबहादुर पाइजा दसैँमा गरिने पुजा, कोतमा लाग्ने मेला, पिङ खेल्न पाउनु गाउँघरको दसैँको विषेश महत्व हुुने बताउनुहुन्छ । “बच्चा हुुँदाको झल्को मेटाउन गाउँ आएर लिङ्गेपिङ हालेका छौँ । तीन दिन लगाएर जङ्गलबाट ल्याएको काठको लिङ्गो गाडेर, बाबियोको डोरी बुनेर हालेको पिङमा चचच… हुइइइइ गर्दै मच्चिनुको मज्जै बेग्लै छ”, उहाँले खुसी हुँदै भन्नुभयो ।

हाल यहाँका बाटाघाटा र सार्वजनिकस्थल श्रमदान गरेर सरसफाई गरिएका छन् । प्रायःजसो गाउँका कोतघरमा महानवमीको दिनमा मेला लाग्ने गर्छ । बाइसेचौबीसे राज्यका पालाका ज्यामरुक, भगवती, ताकम, बेनी, घतानलगायतका कोतघरमा लाग्ने मेलाले अझै निरन्तरता पाएको छ ।

‘उकाली ओराली गर्दै,
आँखा भरी रहर भर्दै,
आधिबेहरीसँग लड्दै,
खोला नदी सागर तर्दै,
दुःख पीडा बिर्सदै म आए,
परदेशबाट फर्कि आए
आफ्नै गाउँ फर्कि आए
नयाँ नयाँ सपना ल्याए……’ रत्नसमशेर थापा र सोनु निगमको स्वर रहेको चलचित्र सिमानाको गीतका यी शब्दले भने जस्तै बाध्यताले थातथलो छाडेकाहरूको उपस्थितिले अहिले यहाँका प्रायः गाउँघरमा उल्लासको माहोल छ ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने बाह्य उडानतर्फको इन्धनको मूल्य घट्यो

0

काठमाडौँ: नेपाल आयल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको बुधबारको बैठकले राति १२ बजेदेखि लागू हुने गरी भैरहवा र पोखरा हवाई इन्धन डिपोबाट बिक्री हुने अन्तर्राष्ट्रियतर्फको इन्धनको मूल्य प्रतिकिलोलिटर क्रमशः अमेरिकी डलर ९१ र ७६ घटाएको
हो ।

निगमले यसअघि भैरहवा र पोखरास्थित हवाई इन्धन डिपोबाट अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर अमेरिकी डलर आठ सय ६० लिँदै आएको थियो । मूल्य घटेसँगै भैरहवास्थित डिपामा हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर सात सय ६९ र पोखरास्थित डिपोमा प्रतिकिलोलिटर अमेरिकी डलर सात सय ८४ कामय भएको छ ।

गत साउन २८ गतेको मन्त्रिपरिषद्बाट स्वीकृत ‘नेपालको नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्बन्धी कार्ययोजना’ कार्यान्वयन गर्न ती दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानका लागि इन्धनको मूल्य घटाइएको निगमले जनाएको छ ।

संशोधनका नाममा संविधान खारेज गर्ने प्रयन्त भइरहेको छ : प्रचण्ड

0

काठमाडाैं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनका नाममा संविधान खारेज गर्ने प्रयन्त भइरहेको आरोप लगाएका छन्।

बुधबार काठमाडौंका सम्पादकहरुसँगको छलफलका क्रममा प्रचण्डले केहीलाई संविधानको उपलब्धी र परिवर्तन मन नपरेको भन्दै संविधान खारेज गर्ने प्रयन्त भइरहेको बताएका हुन्। आफू नेतृत्वको सरकार परिवर्तन गरेर नयाँ सरकार बनाउनुको उद्देश्य संविधान संशोधन नै हो भन्ने आफूलाई नलागेको उनले बताए।

आफूहरू संविधान संशोधन, परिमार्जनको विरोधी नभएको भन्दै प्रचण्डले परिवर्तनबिरुद्ध हुने संशोधन भने स्वीकार्य नभएको जिकिर गरे। उनले अहिले देश निकै अप्ठेरो अवस्थामा रहेकाले राष्ट्रिय सहमतिको साथ अघि बढ्नुपर्ने पनि बताए।

त्यस्तै प्रचण्डले बेइमानीपूर्वक आफ्नो सरकार ढालेर पहिलो र दोश्रो दल मिलेर सरकार बनाइएको टिप्पणी गरे। सहकारी छानविन समितिको प्रतिवेदन आइसकेको अवस्थामा त्यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको भएको भन्दै उनले सरकारले कार्यान्वयन गर्न नचाहेको जिकिर गरे।

अध्यक्ष प्रचण्डले यसअघि गठबन्धनमार्फत चुनाव लड्दा माओवादीको अस्तीत्व नै हराउने देखिएकाले अव एक्लै चूनाव लड्ने गरि तयारी गरिरहेको दाबी गरे।

उनले हालैको प्राकृतिक विपदमा सरकार तयारी कमजोर भएकाले धेरै धनजनको क्षति भएको बताए। अहिले सरकारलाई गाली गर्ने भन्दा पनि सवै मिलेर संकटको सामना गर्नुपर्ने उनको भनाइ छ।

दुई महिनामा ७ अर्ब ५५ करोड रुपैयाँको विद्युत् निर्यात

0

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले दुई महिनामै ७ अर्ब रुपैया भन्दा बढीको विद्युत निर्यात गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको हो।

नेपाल विद्युत प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब २ करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ।
जसअनुसार प्राधिकरणले साउनमा ३ अर्ब ९९ करोड ५६ लाख रुपैयाँको विद्युत् निर्यात गरेको छ । यस्तै भदौमा ३ अर्ब ५५ करोड ५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

साउनमा ४९ करोड २८ लाख ६१ हजार युनिट भारतर्फ निर्यात गरिएको थियो । भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ ।

दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा रहेको छ भने साउनको प्रति युनिट औसत दर ८ रुपैयाँ ११ पैसा थियो । यसैगरी भदौमा ६ रुपैयाँ ६२ पैसा रहेको प्राधिकरणले जनाएको छ ।

भदौको तेस्रो साता (१६–२३ गते) मा सबैभन्दा बढी ९९ करोड ५५ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ । सबैभन्दा कम भदौको दोस्रो हप्ता (९–१५ गते)मा ६९ करोड ८ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ ।

भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसैले चालू आवको दुई महिनामा ४ अर्ब ७१ करोड ६३ लाख भारुको विद्युत् बिक्री भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरु र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताए । ‘चालू आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यात लक्ष्य राखेका थियौं, बाढीपहिरोले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ ।
प्राधिकरणले हालसम्म प्रतिश्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ । बाढीबहिरोभन्दा पहिले दैनिक रुपमा नौ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेको थियो । अहिले दैनिक रुपमा डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको छ ।

बाढीपहिरो कारण सञ्चालमा रहेको सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीसहित करिब ७५० मेगावाट विद्युत् उत्पादन बन्द छ ।

गत आवमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो । यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री सक्दो पहल गर्छौँ : मन्त्री पौडेल

0

काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री पु¥याउन सक्दो पहल गर्ने बताउनुभएको छ । स्वास्थ्य सामग्री अभाव भए मन्त्रालयलाई खबर गर्न उहाँले आग्रह गर्नुभयो ।

विपद् प्रभावित क्षेत्रका नागरिकलाई सम्बोधन गर्दै मन्त्री पौडेलले पानीको शुद्धीकरण, व्यक्तिगत सफाइ तथा स्वास्थ्य उपचारका लागि आवयश्यक सामग्री मन्त्रालयले पठाएको उल्लेख गर्नुभयो । “विपद्पछि पानीको स्रोतमा हुने प्रदूषण र फोहरका कारण पखाला, हैजा वा लामखुट्टेको टोकाइबाट डेङ्गु र जापानिज इन्सेफ्लाइटिसजस्ता सङ्क्रमणबाट पीडित हुन नपरोस् । हामीले सचेतना र आवश्यक शुद्धीकरण तथा सरसफाइका सामग्री विपद् प्रभावित क्षेत्रमा पठाएका छौँ,” उहाँले भन्नुभयो । सम्बन्धित ठाउँमा ती सामग्री पुगे नपुगेको बारे स्थानीय स्वास्थ्य संस्था वा मन्त्रालयको आपतकालीन सहायता नम्बर १११५ मा सम्पर्क गर्न उहाँले आग्रह गर्नुभएको छ ।”

देश प्राकृतिक विपद्को चपेटामा परेका कारण नागरिकले कष्ट भोगिरहनुपरेको उल्लेख गर्दै मन्त्री पौडेलले बाढी पहिरोका कारण सिर्जित सङ्कटको चुनौतीबाट पार पाइ नसकेको बताउनुभयो । “हामीले विपद्का समयमा घाइतेको निःशुल्क उपचारको प्रयत्न गर्यौं । तर अब हामीले यत्तिकैमा सन्तोष मानेका छैनौँ । नागरिकको स्वास्थ्यको रक्षा गर्न आवश्यक हरेक प्रयत्नमा हामी तपाईंको साथमा छौँ ।”

तीनै तहका सरकारको सहकार्यमा स्वस्थ पिउने पानी उपलब्ध गराउने प्रयत्न सङ्घीय सरकारले गरिरहेको र कतिपय स्थानमा तत्काल विकल्प प्राप्त नहुँदासम्म तथा सङ्क्रामक रोगबाट जोगिन पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन उहाँले अनुरोध गर्नुभएको छ । मन्त्री पौडेलले विपद्को घडीमा तमाम कठिनाइबीच आम नागरिकको सेवामा तल्लीन भएको भन्दै स्वास्थ्यकर्मी र स्वयंसेवीलाई धन्यवाद दिनुभएको छ ।

बाढीले ५० लाख बराबरको केरा नोक्सान

0

इनरुवा(सुनसरी): सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा केराखेती गर्नुभएको थियो । सुनसरी खोलामा हालै आएको बाढीले केराखेतीमा क्षति पु¥याएपछि उहाँ चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो“ आफ्नै जग्गामा प्रति बिघा आठ लाखको लागतमा केरा लगाएको थिए । दुईबिघा मध्ये १३ कठ्ठा केरा खेतीमा क्षति भयो । केरा खेतीबाट छठपर्वमा सम्ममा १० देखि १२ लाखसम्म आम्दानी लिने लक्ष्य राखेको थिए । बाढीले क्षति गरेपछि ठूलो नोक्सानीको सामना गर्नुपरेको छ । ” उहाँले भारतको मदरासबाट मदरासी(चिनिचम्पा) जातका केराको बीउ ल्याएर लगाउनुभएको थियो ।

यही असोज ११ र १२ गते वर्षासँगै आएको बाढीले केराखेती कटान गरेर लानुका साथै पानी जमेकाले केरा सुक्न थालेको उहाँले बताउनुभयो । बाढीका कारणले सुनसरी सदरमुकाम इनरुवासहित जिल्लामा ५० हेक्टर क्षेत्रफल केरा खेती नष्ट भएको तथ्याङक प्राप्त भएको कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहले जानकारी दिनुभयो ।

बाढीले रु ५० लाख बराबरको केरा खेतीमा क्षति भएको उहाँले बताउनुभयो । बाढीले सुनसरी सदरमुकाम इनरुवासहित भोक्राहा, हरिनगर, देवानगन्ज गाउँपालिकामा लगाएको केरा खेतीमा क्षति भएको छ । हावाहुरीका कारण क्षति पुगेको केराखेतीमा सरकारले क्षतिपूर्तिबापत सहयोग गर्नुपर्ने स्थानीय किसानले बताएका छन् । यसवर्ष केरा खेतीमा दैवीप्रकोपले ठूलो नोक्सानी पु¥याएका कारण बजारमा केरा अभाव हुनसक्ने आँकलन गरिएको छ भने मूल्य बढ्ने आँकलन गरिएको छ । सुनसरीमा पाँच सय १० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा रु ६० लाख हस्तान्तरण

0

काठमाडौँ: साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज रु ५० लाख हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कर्पाेरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । सोही अवसरमा प्रधानमन्त्री ओलीलाई कर्पाेरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले रु १० लाख हस्तान्तरण गर्नुभयो ।

कर्पाेरेसनमा कार्यरत कर्मचारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सो रकम हस्तान्तरण गर्नुभएको कर्पाेरेसनले जनाएको छ । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हालैको बाढीपहिरो र डुबान पीडितलाई अन्य सहयोग जारी रहने जानकारी दिनुभएको कर्पाेरेसनले जनाएको छ ।

कोरोनाको समयमा ट्रम्पले पुटिनलाई कोभिड टेस्ट किट पठाएको दाबी

0

वासिङ्टन: कोरोनको समयमा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई कोभिड टेस्ट किट पठाएको खुलासा भएको छ। वाटरगेट काण्डको पर्दाफास गर्ने प्रख्यात पत्रकार बब वुडवर्डले आफ्नो नयाँ पुस्तकमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोप्य रूपमा आवश्यक कोभिड परीक्षण किट रुसी राष्ट्रपति पुटिनलाई व्यक्तिगत प्रयोगका लागि पठाएको दाबी गरेका हुन्।

डोनाल्ड ट्रम्पको चुनावी अभियानले यी आरोपहरूलाई अस्वीकार गरेको छ। अमेरिकी मिडियाका अनुसार वार नामको यो पुस्तकमा राष्ट्रपति पदबाट बाहिरिएपछि पनि डोनाल्ड ट्रम्प पुटिनसँग गोप्य सम्पर्कमा रहेको दाबी गरिएको छ । डोनाल्ड ट्रम्पको चुनावी अभियानले यी ‘मनगढन्ते कथाहरू’ मध्ये कुनै पनि सत्य नभएको बताएको छ।

रिचर्ड निक्सन राष्ट्रपति पदमा रहेका बेला वाटरगेट घोटालाको पर्दाफास गर्नको लागि आफ्नो भूमिकाको लागि प्रसिद्धिमा पुगेका वुडवर्डले उच्च-स्तरका स्रोतहरूमा पहुँचको आधारमा धेरै पुस्तकहरू लेखेका छन्।