Tuesday, June 23, 2026
Home Blog Page 576

न्याय परिषद् सदस्यका लागि प्रस्तावित खड्काविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

0

काठमाडौँ: न्याय परिषद् सदस्यका लागि प्रस्तावित दामोदर खड्काविरुद्ध संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको छ। समितिले आज सूचना जारी गर्दै खड्कासम्बन्धी कुनै उजुरी वा सूचना भए १० दिनभित्र पेश गर्न आव्हान गरेको हो।

यदि खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने लागेमा, उजुरी दिन सकिने व्यवस्था गरिएको छ। उजुरीकर्ताको नाम, थर र वतन गोप्य राखिने सुनिश्चितता गरिएको छ।

यसअघि बिहीबार, संसदीय सुनुवाइ समितिले कार्यविधि २०८० को दफा १२ अनुसार प्रस्तावित व्यक्तिसम्बन्धी सूचना सार्वजनिक गर्न र उजुरी दिन सक्ने व्यवस्था गर्न सर्वसम्मत प्रस्ताव पारित गरेको थियो। सोही निर्णयअनुसार सरकारी सञ्चारमाध्यममार्फत सूचना सार्वजनिक गरिएको हो।

आज काठमाडौंको न्यूनतम तापक्रम कति छ ?

0

काठमाडौँ : काठमाडौंको न्यूनतम तापक्रम बिहीबारको तुलनामा शुक्रबार खासै घटबढ भएको छैन।

शुक्रबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन भएको छ। बिहीबारको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस मावन भइकझ तपषझऽ

शनिबार काठमाडौंको मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएको छ।

अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसबीच रहने पूर्वानुमान छ।

निकोलस भुसाललाई आज अदालत पेस गरिँदै

0

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतमा सुतिरहेको फोटो खिच्ने डा. निकोलस भुसाललाई आज अदालतमा पेस गरिँदैछ।

बिहीबार कास्की जिल्ला अदालतमा आफैं उपस्थित भएका भुसाललाई बयान नसकिएपछि न्यायाधीशले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएका थिए।

डा. भुसालले लामिछाने जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा सुतिरहेको तस्बिर खिची सार्वजनिक गरेका थिए, जसका कारण उनीमाथि साइबर अपराध सम्बन्धी कसुरमा अभियोगपत्र दायर भएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माका अनुसार भुसाललाई आज अदालतमा बयानका लागि प्रस्तुत गरिनेछ।

कांग्रेसका मन्त्रीहरूलाई देउवाको निर्देशन- “दुई दिन जनताका कुरा सुन्नु, पाँच दिन काम गर्नू”

0

काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बूढानीलकण्ठस्थित आफ्नो निवासमा मन्त्रीहरूलाई नतिजामुखी काम गर्न निर्देशन दिएका छन्।

सभापति देउवाले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई दुई दिन जनताका कुरा सुनेर बाँकी पाँच दिन ती समस्याको सम्बोधन गर्न निर्देशन दिएका हुन्। “सभापतिज्यूले मन्त्रालयका कामलाई प्राथमिकता दिँदै, जनतासँग नियमित रूपमा संवाद गर्न भनेका छन्,” कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासियाले जानकारी दिए।

चौरासियाले आफूले कानुन मन्त्रालयका बाँकी विधेयकलाई छिटो संसदीय प्रक्रियामा लैजाने र रोकिएका विधेयकलाई अघि बढाउन प्राथमिकता दिने बताए।

बैठकमा मन्त्रीहरूले आफ्नो मन्त्रालयका प्रगतिबारे जानकारी दिँदै प्राविधिक अप्ठ्यारा फुकाउन पार्टी नेतृत्वले गर्नुपर्ने सहयोगका विषय पनि राखेका थिए। “सत्तारुढ गठबन्धनमा काम गर्दा राजनीतिक अप्ठेरोको चर्चा भएन। पार्टी नेतृत्वले मन्त्रालयको प्रभावकारिता सुनिश्चित गर्न निर्देशन दिएको छ,” चौरासियाले भने।

सभापति देउवाले सातामा दुई दिन पार्टी कार्यालयमा पुगेर नेता-कार्यकर्ताका कुरा सुन्न निर्देशन दिएका छन्। प्रमुख सचेतक श्याम घिमिरेका अनुसार, मन्त्रीहरूले पार्टीका गुनासा तथा मागलाई सम्बोधन गर्न मासिक रूपमा छलफल पनि गर्नेछन्।

सभापति देउवाले कांग्रेस–एमाले गठबन्धनको सहमति अनुसार काम गर्न र सुशासन तथा आर्थिक समृद्धिमा केन्द्रित हुन आग्रह गरे। बैठकले सांसद दिलेन्द्र बडुको संयोजकत्वमा संसदीय दल अनुशासन समिति गठन गर्ने निर्णय गर्‍यो।

साथै, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातको निन्दा गर्दै न्यायालयको सम्मान र स्वतन्त्रताका पक्षमा पार्टीको प्रतिबद्धता दोहोर्‍याएको जानकारी घिमिरेले दिए।

बैठकमा १० मन्त्री, दुई राज्यमन्त्री, पार्टी पदाधिकारी र संसदीय दलका पदाधिकारीको उपस्थिति थियो।

सर्वोच्चले माग्यो बेचन झालाई थुनामा राख्नुको कारण

0

काठमाडौँ: नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झालाई सर्वोच्च अदालतले थुनामा राख्नुको कारण पेस गर्न आदेश दिएको छ।

झाले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो। झाले बुधबार बन्दी प्रत्यक्षीकरण निवेदन दिएका थिए।

उक्त प्रकरणमा झामाथि उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वयको भूमिका खेलेको आरोप छ। गत असार १५ गते पक्राउ परेका झालाई भदौ २ गते जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

सो आदेशलाई गैरकानुनी ठहर गर्दै झा बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च पुगेका हुन्। झामाथि सङ्गठित अपराध, राज्यविरुद्धको अपराध, ठगी र लिखत किर्ते मुद्दा लागेको छ।

चार ओटा अध्यादेश राजपत्रमा प्रकाशित

0

काठमाडौँ। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका चार अध्यादेश बिहीबार राजपत्रमा प्रकाशित भएका छन्। ती अध्यादेशहरू बिहीबार राजपत्रमा प्रकाशित भएका हुन्। राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश सोमबार जारी गरेका थिए।

त्यस्तै, भूमिसम्बन्धी अध्यादेश भने राष्ट्रपति पौडेलले बुधबार मात्र जारी गरेका थिए। उक्त अध्यादेश अझै राजपत्रमा प्रकाशित भएको छैन। गत पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले २९ वटा कानुन संशोधन गर्न पाँचवटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
4 bill

देउवाले लिए मन्त्रालयको जानकारी, अध्यादेशमाथि छलफल

0

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जारी छ।

बैठकमा मन्त्रीहरूले आफ्नो-अपना मन्त्रालयमार्फत भएका कार्यहरूको ब्रिफिङ गरिरहेका छन्। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीका अनुसार ११ बजेसम्म तीन मन्त्रालयको ब्रिफिङ सकिएको छ।

सभापति देउवा र शीर्ष नेताहरूले सरकारको कामकाज थप प्रभावकारी बनाउनका लागि आवश्यक योजना र रणनीतिका बारेमा निर्देशन दिएका छन्। चौधरीका अनुसार, नेपाली कांग्रेसको नेतृत्वमा रहेको मन्त्रालयहरूको बारेमा विस्तृत जानकारी दिइएको छ। अब आगामी कार्यहरू कसरी प्रभावकारी रूपमा अघि बढाउने भन्नेमा छलफल केन्द्रित रहेको छ।

गठबन्धन सरकारको २ तिहाइ समर्थनलाई जनताका सेवा प्रदान गर्ने गरि उपयोग गर्नुपर्नेमा जोड दिइएको छ। बैठकमा महामन्त्री गगन थापाले हालै ल्याएको अध्यादेशका बारेमा जानकारी गराएका छन्।

नेपाली कांग्रेसका २ राज्यमन्त्रीसहित १० मन्त्री संघीय सरकारमा सहभागी छन्। ब्रिफिङका क्रममा मन्त्रीहरूले आफ्नो काम अपेक्षाकृत रूपमा सम्पन्न गर्न नसकेको स्वीकार गरेका छन्।

बलिउड अभिनेता सैफ अली खानमाथि हमला: शरीरमा ६ ठाउँमा गहिरो घाउ, शल्यक्रियापछि निकालियो ३ इन्च लामो हतियार

0

काठमाडौं: बलिउड अभिनेता सैफ अली खान हाल मुम्बईको लीलावती अस्पतालमा भर्ना छन्। उनलाई धारिलो हतियार प्रहार गरिएको छ। घटना बान्द्रास्थित उनको घरमा राति करिब २:३० बजे भएको हो। अज्ञात व्यक्तिले चोरीको नियतले घरमा प्रवेश गर्दा सैफसँग झडप भएको थियो।

झडपका क्रममा आक्रमणकारीले सैफलाई धारिलो हतियारले बारम्बार प्रहार गरेका थिए। अस्पताल स्रोतका अनुसार सैफको शरीरमा छ ठाउँमा छुरा प्रहार भएको छ, जसमा घाँटी र स्पाइनल कर्डमा गम्भीर चोट लागेको छ। शल्यक्रिया गरेर उनको शरीरबाट दुईदेखि तीन इन्च लामो धारिलो वस्तु निकालिएको छ। चिकित्सकहरूको टोलीले अहिले उनको न्यूरो र कस्मेटिक सर्जरी गरिरहेको छ।

घटनामा सैफको घरका एक सहयोगी पनि सामान्य घाइते भएका छन्। प्रारम्भिक अनुसन्धानमा चोरहरू घरमुनि रहेको नालीबाट भित्र पसेको आशंका गरिएको छ।

लीलावती अस्पतालका प्रमुख डा. नीरज उत्तमानीले मध्यरातमा सैफमाथि छ पटक छुरा प्रहार गरिएको जानकारी दिएका छन्। न्यूरोसर्जन डा.नितिन डांगे र कस्मेटिक सर्जन डा. लीना जैनको नेतृत्वमा चिकित्सकहरूको टोलीले उनको उपचार गरिरहेको छ।

स्रोतका अनुसार घटना सैफका छोराहरू तैमुर र जेहको कोठाको आसपासमा भएको हो। प्रहरी घटनाको विस्तृत छानबिन गर्दैछ।

सैफको पीआर टिमका अनुसार राति २:३० बजे बाल हेरचाह सहयोगीले घरभित्र आवाज सुनेर सैफलाई सतर्क गराएकी थिइन्। सैफले आक्रमणकारीलाई समात्ने प्रयास गर्दा झडप भएको र उनी घाइते भएको जनाइएको छ। झडपपछि आक्रमणकारीहरू भागेका थिए।

सैफकी पत्नी करीना कपुरको टोलीले विज्ञप्ति जारी गर्दै घरमा लुट्ने प्रयास भएको पुष्टि गरेको छ। विज्ञप्तिमा भनिएको छ, “सैफ घाइते भएर अस्पतालमा उपचार गराइरहेका छन्। बाँकी परिवार सुरक्षित छन्। मिडिया र फ्यानहरूलाई अफवाहमा विश्वास नगर्न र धैर्य गर्न आग्रह छ। अनुसन्धान जारी छ।”

कन्काई पुल : पाँच पटक म्याद थप, १३ वर्षमा आधा काम मात्र

0

झापा: झापा जिल्लाको झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ लाई जोड्ने कन्काई नदीमाथि निर्माणाधीन पुल विगत १३ वर्षदेखि अलपत्र परेको छ।

विसं २०६८ मा चार वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि हालसम्म पुल निर्माणको ५८ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। निर्माण पूरा नहुँदा स्थानीय बासिन्दा कठिनाइ भोगिरहेका छन्, भने यो पुल सम्पन्न भएको भए झापा र कोशी प्रदेशको राजधानी विराटनगरबीचको यातायात सहज हुने र व्यापार, व्यवसाय तथा पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने थियो।

हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय इटहरीका अनुसार २०६८ जेठ ३० मा ठेक्का दिइएको पुल २०७२ जेठ २९ मा सक्नुपर्ने समयसीमा तोकिएको थियो। पाँच पटकसम्म ठेक्काको म्याद थप भए पनि, २०८० असारमा अन्तिम म्याद सकिएपछि निर्माण कार्य रोकिएको छ। सूचना अधिकारी इञ्जिनियर प्रभात किरण राईका अनुसार प्राविधिक त्रुटि देखिएपछि पुल्चोक इञ्जिनियरिङ क्याम्पसको विशेषज्ञ टोलीले समस्या अध्ययन गरी प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदनमा समस्या समाधानका लागि निर्देशन दिइए पनि निर्माण कम्पनीले काम अघि नबढाएको र अब ठेक्का रद्द गरी नयाँ प्रक्रिया थाल्ने तयारी भइरहेको जनाइएको छ।

गौरीगञ्ज–१ का प्रदेशसभा सदस्य लखीकुमारी गणेशले लागत अनुमानअनुसार काम नभएकाले समस्या आएको बताउँदै, पुरानै ठेक्का प्रक्रियाबाट काम सम्पन्न गरिनुपर्ने बताइन्। स्थानीय वडाध्यक्ष हिमालकुमार चाम्लागाईंले पटक-पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएकोमा दुःख व्यक्त गरे।

पुल निर्माण नहुँदा आवतजावतमा समस्या भएपछि बर्खायाममा डुङ्गा सञ्चालन र हिउँदमा बाँसको पुल निर्माण गरिएको छ। बाँसको पुल निर्माण गरेका ईश्वर माझीले मोटरसाइकल र पैदल यात्रुबाट शुल्क लिने गरेको बताए। विरोधपछि यात्रा निःशुल्क गर्नेबारे संवाद भइरहेको गौरीगञ्ज–१ का वडाध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिए।

लामो समयदेखि पुल निर्माण अलपत्र परेपछि जोखिम मोलेर यात्रा गर्न बाध्य भएका स्थानीयहरूले छिटो पुल सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

0

काठमाडौँ: बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० बजे सुरु हुनेछ। यस बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशाबारे छलफल गरिनेछ।

त्यसैगरी, बिहान ११ः३० बजे नै सुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुने कार्यक्रम छ।

दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरिनेछ।