Thursday, June 25, 2026
Home Blog Page 555

भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने लोसपाको निर्णय

0
*

काठमाडौं: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ। लोसपाका अध्यक्ष महन्थ ठाकुरले बुधबार एक विज्ञप्ति जारी गर्दै जनताको हितविपरीत रहेकाले अध्यादेश अस्वीकार गर्ने बताएका हुन्।

भूमिसम्बन्धी अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने लोसपाको निष्कर्ष रहेको छ। ‘यो अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढवा दिने हाम्रो ठहर छ। समग्रमा यो अध्यादेश जनताको हितविपरीत रहेको हाम्रो स्पष्ट धारणा छ,’ अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यस्तो अध्यादेश यथास्थितिमा समर्थन गर्न नसकिने अध्यक्ष ठाकुरले बताएका छन्। वर्तमान सरकारमा सहभागी रहेको लोसपाको राष्ट्रिय सभामा एक सिट रहेको छ। प्रतिनिधि सभामा दुई तिहाइभन्दा बढी बहुमत पाएका प्रधानमन्त्री ओली राष्ट्रिय सभामा भने अल्पमतमा छन्। राष्ट्रिय सभामा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) नेपालले यसअघि नै भूमिसम्बन्धी अध्यादेशमा समर्थन गर्न नसकिने निर्णय सुनाइ सकेको छ।

भूमिसम्बन्धी अध्यादेशलाई लिएर प्रधानमन्त्री ओली नैतिक तथा राजनीतिक संकटमा परेका छन्।

नेपालमा लगानी भित्र्याउन संविधान प्रदत्त अधिकार कार्यान्वयन अनिवार्य : एनआरएन अध्यक्ष केसी

0

काठमाडौं:गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका नेपालीको लगानी नेपालमा भित्र्याउन संविधानले प्रदत्त आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको प्रभावकारी कार्यान्वयन अनिवार्य भएको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को बैठकमा उनले संविधानमा व्यवस्था गरिएका अधिकार उपभोग गर्न आवश्यक कानुन निर्माणको गति तीव्र भए मात्र एनआरएनको लगानी सहज रूपमा भित्रने उल्लेख गरे।

“नेपालमा लगानी गर्न धेरै नेपाली इच्छुक छन्, तर कानुनी प्रक्रियाकै कारण समस्या उत्पन्न हुन्छ,” उनले भने, “कम्पनी खोल्नै राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने अवस्था छ, तर एनआरएनका लागि यसबारे कानुनी स्पष्टता छैन। यदि परिचयपत्र अनिवार्य हो भने, त्यसका लागि उचित कानुनी व्यवस्था पनि आवश्यक छ।”

उनले संविधानले गैरआवासीय नेपालीलाई आर्थिक अधिकार प्रदान गरे पनि त्यसको उपभोग गर्न नसकेको उल्लेख गर्दै सरकारको लगानीमैत्री नीति मात्र पर्याप्त नभएको, संविधान प्रदत्त अधिकारको कार्यान्वयनमा पनि जोड दिनुपर्ने धारणा राखे।

कानुनी संशोधनबिना लगानी कठिन
बैठकमा डा. केसीले नेपालमा लगानी सहज बनाउन संसदमा जारी हिउँदे अधिवेशनबाटै ‘एनआरएन एक्ट’, अध्यागमन, मालपोत, सम्पत्ति, कम्पनी, बैंक तथा वित्तीय प्रणाली सम्बन्धी कानुनहरू संशोधन गर्न आग्रह गरे।

प्रधानमन्त्री ओलीको प्रतिबद्धता
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित क्षेत्रका आवश्यकताअनुसार कानुन निर्माण तथा संशोधन गरिने बताउँदै “आर्थिक समृद्धिका लागि सरकार एनआरएन तथा निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ” भन्ने प्रतिबद्धता व्यक्त गरे।

१० अर्बको प्रारम्भिक लगानी, दीर्घकालीन लक्ष्य ५० अर्ब
डा. केसीका अनुसार गैरआवासीय नेपाली संघले एनआरएन नेपाल डेभलपमेन्ट फण्डमार्फत प्रारम्भमा १० अर्ब र विस्तारै ५० अर्बसम्म लगानी भित्र्याउने लक्ष्य लिएको छ। तर, कानुनी सहजता बिना यो प्रक्रिया अघि बढ्न कठिन हुने भएकाले सरकारबाट मार्गप्रशस्त गरिनुपर्ने उनले बताए।

संवाद परिषद्को पृष्ठभूमि
सार्वजनिक–निजी क्षेत्रबीच नियमित संवाद गर्दै आर्थिक विकासमा सहकार्य गर्न २०७५ असोज ५ गते मन्त्रिपरिषद्को निर्णयअनुसार गठित उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद् सञ्चालनमा आएको हो। हालै प्रधानमन्त्रीले गैरआवासीय नेपाली संघ, नेपाल उद्योग वाणिज्य महासंघलगायतका प्रतिनिधिहरूलाई परिषद्को सदस्यमा मनोनीत गरेपछि बैठक सम्पन्न भएको हो।

ग्लोबल नेपाली फिल्म अवार्डको आठौँ संस्करण अमेरिकामा

0

काठमाडौँ: ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को आठौँ संस्करण आगामी अगस्टमा अमेरिकाको कोलोराडोमा आयोजना हुने भएको छ। काठमाडौँमा मंगलबार आयोजित विशेष समारोहमा अवार्ड समारोहको समय तय गरिएको हो।

बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ र नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको उपस्थितिमा आठौँ संस्करणको मिति टुंगो लगाइएको हो। ‘नेपाली फिल्म: भिलेज टु ग्लोब’ नारासहित आयोजना हुन लागेको यो कार्यक्रम नेपाली चलचित्रकर्मीलाई सम्मान, पुरस्कार, र प्रोत्साहन गर्ने उद्देश्यले गरिएको नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले जानकारी दिए।

“संसारभर रहेका नेपाली चलचित्रकर्मी तथा कलाकारलाई एउटै मञ्चमा ल्याई नेपाली मौलिक कला र संस्कृतिको प्रवर्द्धन गर्न हामी यो अवार्ड आयोजना गर्दै आएका छौँ,” मल्लले भने।

नेपाल फिल्म सोसाइटी, नेपाल, ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिका, र हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनको संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो। हेल्पिङ ह्याण्ड्स हेल्थ एजुकेशनका अध्यक्ष नारायण श्रेष्ठका अनुसार नेपाली चलचित्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्यले यो कार्यक्रम गरिँदै आएको छ।

कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीसहित वरिष्ठ कलाकारहरू हरिहर शर्मा, शम्भुजीत बास्कोटा, शोभित उप्रेती, मोहन निरौला, बसन्त श्रेष्ठ, भुवन चन्द, बसुन्धरा भुसाल, तीर्थ थापा, दीपेन्द्र गौचन, मदनदास श्रेष्ठ, राधेश्याम लेकाली, सुनिल थापा, प्रशान्त ताम्राकार, डा. भीमार्जुन आचार्य, र अशोक शर्मा लगायतको उपस्थिति थियो।

‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान: गाउँदेखि विश्वबजारसम्म’ नारासहित ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ २०१६ देखि नियमित रूपमा आयोजना हुँदै आएको छ।

बागमती गोल्डकप आगामी शनिबारदेखि

0

मनहरी (मकवानपुर): बागमती गाउँपालिकाको आयोजनामा १० लाख राशिको सातौँ संस्करणको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिता आगामी शनिबारदेखि हुनेभएको छ ।

प्रतियोगितामा ‘ए’ डिभिजनका सातसहित १० टिमको सहभागिता रहने आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिंह थिङले बताउनुभयो । गाउँपालिकाको झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा हुने प्रतियोगितामा ‘ए’ डिभिजनको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लबसहित सङ्कटा, थ्रीस्टार, त्रिभुवन आर्मी, एपिएफ र चर्च ब्वाईज क्लबको सहभागिता रहने अध्यक्ष थिङले जानकारी दिनुभयो ।

आयोजकसहित मोफसलको थप तीन क्लबको पनि सहभागिता रहने यस प्रतियोगिता फागुन १२ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेता टोलीले रु १० लाख, उपविजेताले रु पाँच लाखसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले रु एक लाख एक हजार तथा विधागत उत्कृष्ट खेलाडीले रु २५ हजारका दरले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले रु १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि गाउँपालिकाले रु ३० लाख विनियोजन गरेको छ ।

माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानलाई सरकारद्वारा वार्ताको लागि आह्वान

0

काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ लाई वार्ताका लागि आह्वान गरेको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता गणेशप्रसाद भट्टले प्रेस विज्ञप्ति जारी गर्दै माइतीघरमा आन्दोलनरत किसानलाई संवादका लागि बोलाएका हुन्।

प्रवक्ता भट्टका अनुसार मन्त्रालयले विगतमा भएका सहमति कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको छ। उनले भने, “आन्दोलनका क्रममा उठाइएका विषयवस्तु समाधानका लागि वार्ता गर्न हामी तयार छौँ, त्यसैले सम्बन्धित पक्षलाई वार्तामा आउन हार्दिक आह्वान गर्दछौँ।”

वार्ता प्रक्रिया अघि बढाउन मन्त्रालयले सहसचिव मदन कोइरालाको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको छ। समितिमा उपसचिव महेन्द्रप्रसाद साँखी र गुठी संस्थानका कानुन अधिकृत जनक पोखरेल सदस्य छन्।

अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गको छुट मुआब्जा पीडितले १६ वर्षपछि पाए

0

खाँदबारी (सङ्खुवासभा): सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेश मार्गका छुट मुआब्जा पीडितले १६ वर्षपछि क्षतिपूर्ति पाएका छन्।

छ्याङ्कुटी–दिदिङ सडकखण्डअन्तर्गत पर्ने २४.५ किलोमिटर लामो प्रवेश मार्गका जग्गाधनीलाई मुआब्जा वितरण गर्न सुरु गरिएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए। सर्वोच्च अदालतको आदेशअनुसार चार सय ५४ रोपनी जग्गाका लागि मुआब्जा वितरण थालिएको हो।

हालसम्म मुआब्जावापत रु ४ करोड ८८ लाख पीडितको खातामा भुक्तानी भइसकेको छ। खाँदबारी नगरपालिका–४, छ्याङ्कुटीदेखि चिचिला गाउँपालिका–२, दिदिङसम्मको सडकखण्डमा पर्ने जग्गाधनीले लामो समयदेखि छुट मुआब्जाको माग गरिरहेका थिए। विसं २०८० वैशाख २६ गते मुआब्जा निर्धारण समितिले प्रति रोपनी रु ११ लाख ७५ हजार दिने निर्णय गरेको थियो।

यसअघि, २०४६ सालमै उक्त सडकखण्डका केही भागका जग्गाधनीले मुआब्जा पाएको भए पनि छुट जग्गाका मालिकले क्षतिपूर्ति पाएका थिएनन्। अन्ततः माघ ९ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवाला तथा सर्वदलीय बैठकले मुआब्जा वितरण प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो।

यसैबीच, अरुण तेस्रो जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेको एक वर्षभित्र स्थानीयलाई सेयर दिने प्रतिबद्धता जनाएको छ। हाल परियोजनामा नेपाली तथा भारतीय नागरिकसहित करिब ४,००० कामदार कार्यरत छन्।

अमेरिकामा हरेक दिन १२०० अवैध आप्रवासी समातिँदै, हिरासत केन्द्रहरूमा ठाउँ छैन

0

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अवैध आप्रवासीहरूमाथि कारबाही तीव्र पारिएको छ। यसका कारण हिरासत केन्द्रहरू भरिएका छन् र अब कैयौं आप्रवासीहरूलाई संघीय जेलहरूमा थुनिएको छ।

लस एन्जलस, मियामी, एटलान्टा र क्यान्सास लगायत नौ संघीय जेलहरूमा खतरनाक अपराधीहरूसँगै अवैध आप्रवासीहरूलाई राखिएको छ। अध्यागमन तथा भन्सार प्रवर्तन (आइसीई) हिरासत केन्द्रमा केवल ४१ हजार मानिसलाई राख्ने क्षमता छ।

हिरासतको संख्या दिनदिनै बढ्दै
हरेक दिन लगभग १,२०० अवैध आप्रवासीहरू पक्राउ परिरहेका छन्। अमेरिकी गृह सुरक्षा सचिव क्रिस्टी नियोमका अनुसार ग्वान्टानामो नौसेना बेसमा पनि दोस्रो समूहलाई पठाइएको छ।

उनले भनिन्, “सुरक्षा सुनिश्चित गर्न कारबाहीलाई अझ कडा बनाउनु आवश्यक छ।”

स्थानीय प्रहरीलाई जिम्मेवारी हस्तान्तरण
पहिला मात्र आइसीईले अवैध आप्रवासीहरूलाई समात्ने जिम्मा लिएकोमा अहिले ट्रम्प प्रशासनले यो जिम्मेवारी स्थानीय प्रहरीलाई पनि दिएको छ। राज्य प्रहरीलाई यसका लागि विशेष तालिम प्रदान गरिन थालेको छ।

डेमोक्र्याटिक राज्यमा पनि तालिम अनिवार्य
यो तालिम ट्रम्प समर्थित रिपब्लिकन राज्यहरूमा सुरु गरिएको भए पनि संघीय आदेशअनुसार डेमोक्र्याटिक राज्यहरूमा पनि लागू गरिनेछ।

जेलको दुर्दशा
अमेरिकन सिभिल लिबर्टीज युनियन (ACLU) ले जेलको अवस्था भयावह भएको बताएको छ।

अवैध आप्रवासीहरूलाई समयमा खाना दिइँदैन।
दिइएको खाना बासी र दुर्गन्धित हुन्छ।
कडा जाडोमा उनीहरूलाई चिसो भुइँमा सुत्न बाध्य पारिएको छ।
दिनभरि उनीहरूलाई केवल आधा घण्टाका लागि मात्र बाहिर निकालिन्छ।
मानवअधिकारको चासो
अन्तर्राष्ट्रिय मानवअधिकार निकायहरूले ट्रम्प प्रशासनको यो कदमलाई आलोचना गरेका छन्। उनीहरूले अवैध आप्रवासीहरूको मानवअधिकार संरक्षण गर्न अमेरिकी सरकारलाई आग्रह गरिरहेका छन्।

ट्रम्पले यसअघि सन् २०१९ मा पनि अवैध आप्रवासीहरूलाई जेलमा राख्न आदेश दिएका थिए, तर त्यो कार्यान्वयन हुन सकेको थिएन। यस पटक भने उनको निर्देशनले थप कडा नीति लागू गरिएको छ।

ट्रम्पको चेतावनी: “हमासले सबै बन्धक नछोडे युद्धविराम सम्झौता रद्द गरिनुपर्छ”

0

काठमाडौं: अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्धक बनाइएका सबै नागरिकलाई रिहा नगरे इजरायलसँगको युद्धविराम सम्झौता रद्द गर्नुपर्ने बताएका छन्।

ट्रम्पले भने, “म एक वा दुईजनाको मात्र होइन, सबै बन्धकहरूको रिहाइ चाहन्छु। कुनै सम्झौताले निर्दोष मानिसहरूको स्वतन्त्रता सुनिश्चित गर्नुपर्छ।”

हमासको आरोप: इजरायलले सम्झौता उल्लङ्घन गरिरहेको
हमासले सोमबार एक विज्ञप्ति जारी गर्दै इजरायलले बारम्बार युद्धविराम सम्झौताको उल्लङ्घन गरिरहेको आरोप लगायो।
उनको विज्ञप्तिमा भनिएको छ, “विगत तीन हप्तामा शत्रुले सम्झौताको सर्त पालना नगरेको र यसले बन्धकहरूको रिहाइमा अवरोध पुर्याएको देखिएको छ।”

हमासका अनुसार इजरायलको यो कदमले सम्झौतामा असहमति ल्याएको छ।

बन्दीहरूको अदला-बदली
हमास र इजरायलबीच जनवरी १९ मा युद्धविराम सम्झौता लागू भएको थियो। यो सम्झौता अनुसार हमासले हालसम्म १६ इजरायली र पाँच थाई बन्धकहरूलाई रिहा गरिसकेको छ।

त्यसको बदलामा इजरायलले ५६६ कैदीहरूलाई रिहा गरेको पुष्टि भएको छ। तर पछिल्लो समय सम्झौताको प्रगति रोकिन थालेको छ।

अमेरिकी दबाब र मध्यस्थता प्रयास
युद्धविरामको प्रभावकारिता कायम राख्न अमेरिकी नेतृत्वले इजरायल र हमास दुवैलाई सम्झौताका सर्त पालना गर्न दबाब दिइरहेको छ। बन्धक प्रकरणले अन्तर्राष्ट्रिय मानवअधिकार निकायहरूको चासो पनि बढाएको छ।

इजरायलको कडा अडान
इजरायलले हमासलाई आतंकवादी संगठनको रूपमा हेर्दै बन्धकहरूको सम्पूर्ण रिहाइ नभएसम्म कुनै दीर्घकालीन शान्ति सम्झौता असम्भव रहेको बताएको छ।

स्थिति थप जटिल बन्दै गइरहेका बेला कूटनीतिक प्रयासहरूबाट समाधान खोज्न अन्तर्राष्ट्रिय समुदायले आह्वान गरिरहेको छ।

दुई तिहाइको एमाले र कांग्रेसको सरकार तीन सिटको जसपासँग किन थरथर ?

0

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो ६ महिनायता विभिन्न कार्यक्रमहरूमा आफूले प्रतिनिधि सभामा प्राप्त गरेको दुई तिहाइ बहुमतको दम्भ देखाउँदै सरकार कसैले ढाल्न नसक्ने भन्दै अभिव्यक्ति दिइरहे। तर राष्ट्रिय सभामा केवल तीन सिट भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले उनको हैसियतलाई चुनौती दिएका छन्।

ओलीले आफ्नो सक्रियतामा उपेन्द्र यादवको पार्टीबाट अशोक राईको समूह विभाजन गराई नयाँ पार्टी गठन गराएका थिए। अहिले यादवले त्यसको बदला लिँदै अध्यादेश पारित गराउने मामलामा निर्णायक भई दुई तिहाइ सरकारलाई घुँडा टेकाउने अवस्थामा पुर्याएका छन्।

अध्यादेशमा जसपाको भूमिका
संविधानअनुसार अध्यादेश संघीय संसदका दुवै सदनबाट पारित हुनुपर्छ। तर राष्ट्रिय सभामा सत्ता गठबन्धनसँग सामान्य बहुमतसमेत छैन। जसपाका तीन सिटको समर्थन नपाए सत्ता पक्ष अल्पमतमा पर्छ।

जसपा नेपालले प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी छैन। उल्टो जसपाबाट टुक्रिएको अशोक राई समूह दुई मन्त्रीसहित सरकारमा सहभागी छ।

सत्तासाझेदारीका शर्तहरू
सूत्रहरूका अनुसार यादवले अध्यादेश पारित गरिदिएबापत मधेश प्रदेश सरकारको नेतृत्व, संघीय सरकारमा उपप्रधानमन्त्री पदसहित दुई मन्त्रालयको माग गरेका छन्।

पार्टी विवाद र राजनीतिक एजेन्डा
यादवको दल विभाजनपछि निर्वाचन आयोगले पार्टीको अद्यावधिक पदाधिकारी मान्यता दिन अस्वीकार गरेपछि यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यसबारे छिटो टुंगो लगाउन कांग्रेस र एमालेलाई यादवले दबाब दिइरहेका छन्।

भूमिसम्बन्धी अध्यादेशमा असहमति
जसपाले अन्य अध्यादेशहरूमा सकारात्मक भए पनि भूमि सम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको छ। पार्टीका प्रथम उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा गठित कार्यदलले यो अध्यादेश स्वीकार गर्न नसकिने प्रतिवेदन पार्टीमा बुझाइसकेको छ।

सरकारले जसपाको माग पुरा गर्ने हो कि अध्यादेश पारित गर्न नयाँ रणनीति ल्याउने हो भन्ने विषयमा राजनीतिक गतिरोध जारी छ।

गायिका एलिना चौहान र विष्णु सापकोटाको सम्बन्धविच्छेद मुद्दा टुंगियो

0

काठमाडौँ: गायिका एलिना चौहान र विष्णु सापकोटाबीच कानुनीरूपमा सम्बन्धविच्छेद भएको छ। मंगलबार काठमाडौँ जिल्ला अदालतले उनीहरूको सम्बन्धविच्छेदको मुद्दा टुंगो लगाएको हो।

अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठका अनुसार न्यायाधीश मोना सिंहको इजलासले अंश र मानाचामल नलिने सहमतिसहित सम्बन्धविच्छेदको फैसला गरेको हो।

पारिवारिक प्रतिनिधिको उपस्थिति

अदालतमा विष्णु सापकोटाका बुबा वारेसका रूपमा उपस्थित भएका थिए। माघ दोस्रो साता चौहानले वारेस विष्णुप्रसाद खरेलमार्फत सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन्।

विवाहदेखि विवादसम्म

एलिनाले गत वैशाखमा बागलुङ निवासी सापकोटासँग विवाह गरेकी थिइन्। विवाहपछि उनी अस्ट्रेलियामा पतिसँग बसेकी थिइन्। सुरुमा सब ठीक भए पनि पछि सम्बन्धमा खटपट आएपछि उनी नेपाल फर्किएर बस्न थालिन्।

सम्बन्धविच्छेदको कारण
अदालतमा पेस गरेको निवेदनमा एलिनाले आफू कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कहिलेकाहीँ कार्यक्रममा अबेरसम्म बस्नुपर्ने परिस्थितिका कारण पतिले विभिन्न शंका गर्ने गरेको खुलाएकी थिइन्।

उनले पतिसँग भावनात्मक सम्बन्ध राम्रो हुन नसकेको र कागजी सम्बन्ध मात्र कायम राख्नु उचित नभएकाले सम्बन्धविच्छेदका लागि निवेदन दिएको बताइन्।