Sunday, May 3, 2026
Home Blog Page 21

ओलीको नयाँ वर्ष सन्देश— अनुभव र युवाशक्तिको सहकार्यबाट समृद्ध नेपाल बनाऔँ

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले समृद्ध नेपाल निर्माणका लागि अनुभव र युवाशक्तिको सहकार्य आवश्यक रहेको बताएका छन्।

सन्देशमा उनले २०८२ साललाई इतिहासको रूपमा उल्लेख गर्दै त्यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। “सफलता या विफलता, अवसर या चुनौती, कमजोरी वा उपलब्धि—२०८२ अब इतिहास बनिसकेको छ,” उनले भनेका छन्।

ओलीले इतिहासको समीक्षा गर्दै र भविष्यलाई दृष्टिगत गर्दै नयाँ वर्ष २०८३ ले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक सहकार्य (सिनर्जी) सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।

अन्त्यमा उनले नयाँ वर्षले सुरक्षित, समृद्ध र उन्नत नेपाल निर्माणमा सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेका छन्।

नयाँ वर्षमा गगन थापाको आह्वान— राष्ट्रिय चुनौती सामना गर्न एकजुट बनौँ

0

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय चुनौतीहरूको सामना गर्न सबै नेपालीलाई एकजुट हुन आह्वान गरेका छन्। नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिँदै उनले यस्तो आग्रह गरेका हुन्।

शुभकामना सन्देशमा उनले नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूको संरक्षण र सुदृढीकरणका लागि सबैको दृढ संकल्प आवश्यक रहेको उल्लेख गरेका छन्। “नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरूलाई जोगाउँदै भविष्यका चुनौतीहरू सामना गर्न हामी एकताबद्ध हुनुपर्छ,” उनले भनेका छन्, “नवीन अवसरहरूको सदुपयोग गर्दै सुशासन र आर्थिक विकासको मार्गमा दृढतापूर्वक अघि बढ्ने यो महत्त्वपूर्ण घडी हो।”

थापाले शान्त, सभ्य र समृद्ध राष्ट्र निर्माणको अभियान सफल बनाउन राजनीतिक दलहरू र जिम्मेवार निकायहरूलाई दलगत स्वार्थभन्दा माथि उठ्न आग्रह गरेका छन्। मुलुक, नागरिक र लोकतन्त्रको हितका लागि सहकार्य र एकताको विकल्प नभएकोमा उनले जोड दिएका छन्।

नयाँ वर्षले नेपालीहरूबीच आपसी एकता, भाइचारा, सद्भाव र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत रूपमा सुदृढ बनाउन प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

सन्देशको अन्त्यमा उनले नयाँ वर्षले आर्थिक, सामाजिक तथा सांस्कृतिक समृद्धितर्फ अग्रसर हुन सबैमा नयाँ ऊर्जा र उत्साह प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

२०८२ को अर्थतन्त्र: संकट, आन्दोलन र अनिश्चितताको वर्ष

0

काठमाडौं । नेपाली पात्रोअनुसार २०८२ साल विदा भई २०८३ साल सुरु भएसँगै विगत वर्षको समीक्षा गर्दा यो वर्ष नेपाली अर्थतन्त्रका लागि केवल क्यालेन्डर परिवर्तनमा सीमित रहेन। आर्थिक सुस्तता, राजनीतिक उथलपुथल, ऐतिहासिक महँगी र नीतिगत अस्थिरताको चक्रमा अर्थतन्त्र गम्भीर दबाबमा रह्यो, जसको प्रभाव आगामी वर्षहरूमा समेत देखिने निश्चित छ।

०८२ साललाई एकातिर संरचनात्मक सुधारका प्रयास र अर्कोतिर सडक आन्दोलनले राज्य संयन्त्रलाई चुनौती दिएको वर्षका रूपमा चित्रण गर्न सकिन्छ। विशेषगरी भदौ अन्त्यतिर भएको ‘जेनजी आन्दोलन’ले तत्कालीन सरकार परिवर्तन गराउँदै देशलाई नयाँ राजनीतिक मोडमा पु¥यायो। आन्दोलनका क्रममा राज्यका प्रमुख संरचनासँगै निजी सम्पत्तिमा भएको क्षतिले लगानीकर्ताको आत्मविश्वासमा ठूलो गिरावट आयो, जसको प्रत्यक्ष असर सेयर बजारमा समेत देखियो।

आर्थिक मन्दीले निजी क्षेत्रलाई सबैभन्दा बढी प्रभावित बनायो। निर्माण, रियल स्टेट र औद्योगिक गतिविधि सुस्त हुँदा कर्जा माग घट्यो र लगानी विस्तारमा अवरोध सिर्जना भयो। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति केही खुकुलो बनाए पनि अपेक्षाअनुसार कर्जा प्रवाह बढ्न सकेन भने खराब कर्जाको अनुपात बढ्दै जाँदा वित्तीय स्थायित्वप्रति चिन्ता थपियो।

घरजग्गा कारोबारमा भु–उपयोग नियमावलीको कार्यान्वयनमा ढिलाइ, कित्ताकाट रोकावट र प्रशासनिक अवरोधले ठूलो गिरावट आयो। सरकारले नियम संशोधन गर्दै कारोबार खुलाए पनि बजारमा उल्लेख्य सुधार देखिन सकेको छैन। यसबीच घरजग्गा कारोबारमा अनुमतिपत्र अनिवार्य बनाउने नीतिले थप जटिलता थपेको छ।

शेयर बजारमा पनि वर्षभर उतारचढाव देखियो। नीतिगत निर्णय, आन्दोलन र कर्मचारीको ‘पेन डाउन’ आन्दोलनका कारण प्राथमिक बजार प्रभावित भयो भने आईपीओ निष्कासन रोकिँदा लगानीकर्तामा अन्योलता बढ्यो। राजनीतिक परिवर्तनपछि केही समय सकारात्मक संकेत देखिए पनि पुनः अस्थिरता फर्किएको छ।

इन्धन र सुनको मूल्यमा ऐतिहासिक वृद्धि भएको वर्षका रूपमा पनि ०८२ साल स्मरणीय रह्यो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि र पश्चिम एशियाको द्वन्द्वका कारण ऊर्जा संकट चुलिँदा नेपालमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ्यो। त्यस्तै सुनको मूल्यले पनि नयाँ रेकर्ड कायम गर्दै उपभोक्तामाथि थप दबाब सिर्जना गर्‍यो।

जलविद्युत क्षेत्रमा अन्तरदेशीय प्रसारण लाइन निर्माणको समझदारी जस्ता सकारात्मक पहल भए पनि ‘टेक एन्ड पे’ जस्ता नीतिगत विवाद, आन्दोलन र आक्रमणका घटनाले क्षेत्रलाई अस्थिर बनायो। बंगलादेशसँग विद्युत निर्यात विस्तारको सहमति भए पनि आन्तरिक चुनौतीहरू कायमै रहेका छन्।

अब २०८३ सालमा प्रवेश गर्दा नयाँ सरकारका सामु निजी क्षेत्रको विश्वास पुनःस्थापना, पुँजीगत खर्च वृद्धि र महँगी नियन्त्रण जस्ता चुनौतीहरू छन्। संरचनात्मक सुधार र स्पष्ट नीतिगत दिशा बिना अर्थतन्त्र अझै ‘पर्ख र हेर’को अवस्थामा रहने देखिन्छ।

भक्तपुर महोत्सवमा नयाँ वर्षको सांगीतिक धमाका — चर्चित कलाकारहरूको बेजोड प्रस्तुति

0

काठमाडौँ । नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुरमा जारी औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवमा आज विशेष सांगीतिक उत्सव आयोजना हुँदैछ। महोत्सवमा रचना रिमाल, रामकृष्ण ढकाल, दीपक चौलागाई, भोजराज काफ्ले, सुनितमि परियार, प्रितम मल्ल, राजन खैराते, अनित बिष्ट र रमन तलवार लगायतका कलाकारहरूले आफ्नो प्रस्तुति दिने भएका छन्।

दशौँ संस्करणको यस महोत्सवमा नयाँ वर्षको पहिलो दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजक संस्था औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन्। करिब ४० हजार दर्शकको उपस्थितिमा चर्चित गायक–गायिकाहरूले आफ्नो कला प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

त्यसैगरी, वर्षा राउत, मेक्सम गौडेल र विजय बराल लगायतका ख्यातिप्राप्त कलाकारहरूले पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। नयाँ वर्ष तथा बिस्काः जात्राको अवसर पारेर विगत १२ वर्षदेखि यो महोत्सव आयोजना हुँदै आएको संयोजक दीपक थापाले बताए।

महोत्सवमा कृषि, पर्यटन, दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, जुत्ता तथा हस्तकलाका सामग्रीका करिब १५० स्टल रहेका छन्। अध्यक्ष महतका अनुसार कपडा, भान्साका सामग्री, स्थानीय उत्पादन र खानाका परिकारमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ।

बालबालिकाका लागि बाल उद्यान, रोटेपिङ, ब्रेकडान्स जस्ता खेलकुद गतिविधि पनि महोत्सवका मुख्य आकर्षणका रूपमा रहेका छन्। ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेश दिइनेछ भने विद्यार्थीका लागि ५० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको निर्देशक सुनिल बज्राचार्यले जानकारी दिए।

चैत्र २६ गतेदेखि सुरु भएको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ।

नयाँ वर्ष २०८३ सुरु — देशभर हर्षोल्लासका साथ उत्सव

0

काठमाडौं । आजदेखि विक्रम सम्वत् २०८३ साल सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन नेपाल तथा विदेशमा रहेका नेपालीहरूले हर्षोल्लासका साथ एकअर्कामा शुभकामना आदानप्रदान गर्दै उत्सव मनाइरहेका छन्।

विक्रम संवत् अनुसार हरेक वर्ष वैशाख १ गतेबाट नयाँ वर्ष सुरु हुन्छ। यो संवत् सूर्यसँग सम्बन्धित भएकाले महिनाहरू पनि ग्रह–नक्षत्रसँग जोडिएका छन्। पृथ्वीले सूर्यको एक परिक्रमा पूरा गर्दा सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने क्षणलाई नयाँ वर्षको सुरुवात मानिन्छ, जसलाई सूर्यको शून्य अंश पनि भनिन्छ।

नयाँ वर्षको अवसरमा आज देशभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ। यस दिन मानिसहरूले सफलता र समृद्धिको कामना गर्दै शुभकामना साटासाट गर्ने, मिठाई बाँड्ने र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्ने परम्परा रहेको छ।

त्यस्तै, नयाँ वर्षको पहिलो दिन नयाँ योजना बनाउने, सत्संकल्प गर्ने र नयाँ कामको थालनी गर्ने परम्परा पनि रहिआएको छ।

सबैका माग समेटेर संवैधानिक समाधान खोजौँ : पूर्वराजा ज्ञानेन्द्रको आग्रह

0

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले सबैका माग समेटेर संवैधानिक समाधान खोज्न आग्रह गरेका छन्।

सोमबार नयाँ वर्ष–२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन हुँदैन नहुने बताए।

निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर हुने बताउँदै पूर्वराजा शाहले सबै पक्षको माग सम्बोधन हुनेगरी संवैधानिक समाधानबारे सोच्नुपर्ने बताए।
‘निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर हुन्छौं। परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन हुँदैन। जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं। संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुनेगरी संवैधानिक समाधान खोज्न दृढ संकल्पित बनौं,’ उनले भने।

उनले राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा निकै हेरफेर भएको भएपनि त्यो कोरा परिवर्तनमात्रै भएको टिप्पणी गरेका छन्। उनले देश प्रयोगशाला मात्रै भएको भन्दै राष्ट्र निर्माणमा पछि परेको उल्लेख गरेका छन्।

पूर्वराजा शाहले आफ्नो सन्देशमा देशको वर्तमान राजनीतिक प्रणालीले जनअपेक्षा पूरा गर्न नसकेको संकेत गरेका छन्। उनले शासन व्यवस्था केवल सत्ताको हेरफेरमा मात्र केन्द्रित भएको र आम नागरिकले परिवर्तनको महसुस गर्न नपाएको उल्लेख गरे। “राजनीति जनताको सेवाका लागि हुनुपर्नेमा यो केवल शक्ति आर्जनको माध्यम मात्र बनेको छ,” सन्देशमा भनिएको छ।

देशको खस्कँदो आर्थिक अवस्था र दैनिक रूपमा हजारौँको संख्यामा विदेशिने युवा जनशक्तिप्रति उनले गम्भीर चासो देखाएका छन्। स्वदेशमै रोजगारीको अवसर सिर्जना नहुँदा राष्ट्रको भविष्य नै संकटमा पर्न सक्ने भन्दै उनले जिम्मेवार निकायलाई समयमै सचेत हुन आग्रह गरेका छन्।

पूर्वराजाले नेपालको भू-राजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै राष्ट्रिय अखण्डता र सार्वभौमिकता जोगाउन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका छन्। बाह्य प्रभाव र आन्तरिक कलहका कारण देशको मौलिक पहिचान खतरामा परेको उनको विश्लेषण छ।

विगतमा जस्तै यसपटक पनि उनले देश बचाउनका लागि सबै पक्षबीच एउटा ‘साझा सहमति’ र ‘नयाँ सोच’को आवश्यकता औंल्याएका छन्र। उनले निषेधको राजनीति त्यागेर मुलुकको हितका लागि सबै शक्तिहरू एकै ठाउँमा उभिनुपर्ने सन्देश दिएका छन्।

पूर्वराजा शाहको यस सन्देशलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। विशेष गरी पछिल्लो समय देशमा बढ्दो आर्थिक मन्दी र राजनीतिक वितृष्णाका बीच उनले दिएको यो सन्देशले राष्ट्रवादी सोच राख्ने तप्कालाई उत्साहित तुल्याएको देखिन्छ।

यस्तो छ नववर्षको पूर्वसन्ध्यामा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन–

त्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू

हामी नयाँ वर्ष २०८३ मा आइपुगेका छौं । नव वर्ष आरम्भको यो परिवर्तनको पुनित अवसरमा देशभित्र र संसारका विभिन्न भूभागमा रहे बसेका सबै नेपालीहरूलाई सुख र शान्तिको मंगलमग शुभकामना ।

समयको प्रवाहसँगै हामीले हाम्रो देश र समाजलाई प्रगतिपथमा अघि बढाउँदै जानुपर्दछ । विगतका कमी कमजोरी र त्रुटिलाई सच्याउँदै र वाधा व्यवधानलाई पन्छाउँदै हामी हाम्रो उच्चतम गन्तव्यतर्फ लम्किनुपर्छ । तब नै नयाँ वर्षको नवगत समयको अर्थ रहन्छ ।

वितेका कतिपय वर्ष वान्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरूको आम मनोभावना रह्यो । राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा हामीले निकै हेरफेर हेर्‍यौं । तर त्यो कोरा परिवर्तनमात्रै भयो । दलदलको खलबलमा त हामी धेरै दगुरियौं । तर राष्ट्रको श्रीवृद्धिमा हामी निकै पछि पर्‍यौं । सधैं प्रयोग, सधैं अभ्यास र सधैं विकल्पको खोजीमा मात्रै लाग्यौं । फलस्वरुप हाम्रो देश प्रयोगशाला मात्रै रह्यो ।

स्थिरता, निरन्तरता, दृढता कता कता हराएर गयो । विधि, पद्धति, व्यक्ति बदलेर मात्रै समग्र स्थिति बन्ने रहेनछ भन्ने कुराको पाठ हामीलाई विगतले सिकाएको छ । राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवा पिढीको संलग्नता बढ्दै जानु उत्साहको विषय हो । पढेलेखेका, देश बुझेका र आधुनिक प्रविधिको ज्ञान भएका उत्साही पात्रहरूको आगमनले राष्ट्रलाई फलदायी बनाउनुमा मद्दत पुग्छ भन्ने हामीलाई लागेको छ ।

आज हाम्रो देश चौतर्फी समस्याको चाङमा छ । यो बेलामा नेपाली जनताको आशा र अभिलाषा पनि उत्तिकै छन् । यो अवस्थामा हाम्रो आर्थिक अवस्थालाई कसरी उकास्ने, छिमेकीहरू र बाह्य मित्र शक्तिहरूको सहयोग, सद्भाव कसरी बढाउँदै जाने भन्नेमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने देखिन्छ । आन्तरिक सुरक्षा प्रणालीको दृष्टिले मुलुक अत्यन्तै नाजुक अवस्थामा परेको छ । नयाँ वर्षमा जीउधनको सुरक्षा, अत्यावश्यक वस्तु र स्रोत साधनको संरक्षण एवं जीवन जिउने मानवीय सुुरक्षाको हक अधिकारको प्रत्याभूति दिनु सुरक्षाका अंग, हाम्रा सेवा सुविधाका क्षेत्र, प्रकृति र मौसमी कारणमा हुने प्रकोपका विषयमा आन्तरिक सुरक्षालाई चुस्त बनाउन आवश्यक देखिन्छ । आजको विषम र अशान्त विश्वमा हामीले आफूलाई जोगाउने, उत्पादित वस्तुको जुगाड गर्ने र कुनै प्रकारको व्यवधान पर्न नदिनेतर्फ राज्यको गहिरो ध्यान पर्नुपर्ने देखिन्छ ।

आम नागरिकले कुनै प्रकारको शारिरिक, मानसिक, भौतिक तथा जीवन यापनको मामलामा त्रास,पीडा अभावको अनुभव गर्न नपरोस् । हरेक क्षेत्रमा भरपर्दो आत्मनिर्भर भएर परनिर्भरताबाट र स्वाधिन भएर पराधिनताबाट देशलाई जोगाउनुछ । देशको स्रोत शक्ति हो । सही उपयोग भएमा नै समाजको कल्याण हुन्छ । अनि देशको स्वधर्म, संस्कृति र मौलिक कलाकृतिको संवर्धन भयो भने नै देशको गौरव बढ्छ । त्यसैले यिनै मूलभूत काम कर्तव्यतर्फ अब हाम्रो पाइला अघि बढ्नुपर्छ । निषेध, फुट, बन्द र विद्रोहले हामी कमजोर हुन्छौं । परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुन हुँदैन । जनचाहना समेतलाई मनन गरी देशलाई केन्द्रमा राखेर कदम बढाउन विलम्ब नगरौं । संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुनेगरी संवैधानिक समाधान खोज्न दृढ संलल्पित बनौं । नेपाल शान्तिको भूमि बनोस् । उन्नतीको मुलुक बनोस् । अनि आफ्नै मौलिक सनातन र पहिचानबाट परिचालित एवं प्रतिष्ठित बनोस् । सबै नेपालीले न्याय शान्ति र सुख पाउन् । यही हाम्रो सदिक्षा हो । श्री पशुपतिनाथले सबैको कल्याण गरुन् । जय नेपाल

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई वारेस राख्ने अनुमति

0

काठमाडौँ । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा वारेस राख्ने अनुमति दिएको छ।

जिल्ला न्यायाधीश केदारनाथ पौडेलको इजलासले लामिछानेको निवेदनमाथि सुनुवाइ गर्दै वारेस राख्ने सुविधा प्रदान गरेको हो।

लामिछानेले स्वास्थ्य समस्या देखाउँदै आफू अदालतमा उपस्थित हुन असमर्थ रहेको उल्लेख गरेका थिए। उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको स्वास्थ्य परीक्षण प्रतिवेदन पनि अदालतमा पेस गरेका थिए।

उक्त प्रतिवेदन र निवेदनको आधारमा अदालतले वारेसमार्फत मुद्दाको तारिखमा उपस्थित हुन सक्ने व्यवस्था मिलाइदिएको हो। अब लामिछानेलाई मुद्दाका हरेक पेशीमा स्वयं चितवन अदालत जानुपर्ने छैन।

मेरिका–इरान तनाव चर्किँदा कच्चा तेल १०० डलर नाघ्यो

0

काठमाडौँ । अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने प्रयास असफल भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। अमेरिकी नौसेनाले रणनीतिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी गर्ने तयारी गरेसँगै सोमबार तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको हो।

इरानबाट हुने तेल निर्यात अवरुद्ध हुन सक्ने चिन्ताले अन्तर्राष्ट्रिय बजारमा असर परेको छ। लन्डनको ब्रेन्ट क्रुड फ्युचर ७.६० डलर (करिब ८ प्रतिशत) ले वृद्धि भई प्रतिब्यारेल १०२.८० डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट पनि ८.३१ डलर (८.६ प्रतिशत) ले बढेर १०४.८८ डलर कायम भएको छ।

दुई साताको अस्थायी युद्धविरामपछि शान्ति सम्झौता हुने अपेक्षा गरिएको भए पनि वार्ता निष्कर्षविहीन भएपछि बजारमा पुनः अस्थिरता देखिएको ऊर्जा विज्ञहरूले बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार स्ट्रेट अफ होर्मुजमा नाकाबन्दी सुरु गर्ने घोषणा गरेका थिए। यस कदमले इरानसँग सम्बन्धित दैनिक करिब २० लाख ब्यारेल तेल आपूर्ति अवरुद्ध हुन सक्ने अनुमान गरिएको छ। उनले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनसम्म तेल तथा ग्यासको मूल्य उच्च रहन सक्ने संकेत पनि दिएका छन्।

अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार सोमबारदेखि इरानी बन्दरगाहबाट हुने समुद्री आवागमनमा रोक लगाउने कार्य सुरु भइसकेको छ। यता, इरानको रिभोलुसनरी गार्ड्सले अमेरिकी कदमको कडा प्रतिवाद गर्ने चेतावनी दिएको छ। इरानले हर्मुज जलडमरूमा प्रवेश गर्ने कुनै पनि सैन्य जहाजलाई युद्धविराम उल्लङ्घन ठानिने र त्यसको कडा जवाफ दिइने जनाएको छ।

यसैबीच, साउदी अरबले युद्धका कारण क्षतिग्रस्त आफ्नो इस्ट–वेस्ट पाइपलाइन मर्मत गरी दैनिक ७० लाख ब्यारेल तेल आपूर्ति क्षमता पुनःस्थापित गरेको जनाएको छ।

आजको विनिमयदर सार्वजनिक: अमेरिकी डलर १४८ रुपैयाँ नजिक

0

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा कायम भएको छ।

त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७४ रुपैयाँ १४ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ३३ पैसा र बिक्रीदर २०० रुपैयाँ १४ पैसा रहेको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३९ पैसा कायम गरिएको छ।

अन्य मुद्रातर्फ अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४१ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ २३ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७० पैसा तोकिएको छ।

यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६९ पैसा र बिक्रीदर २१ रुपैयाँ ७७ पैसा कायम भएको छ। साउदी रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिङ्गेटलगायत अन्य मुद्राको विनिमयदर पनि राष्ट्र बैंकले निर्धारण गरेको छ।

त्यसैगरी, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालजस्ता उच्च मूल्यका मुद्राहरूको दर समेत सार्वजनिक गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

प्रधानमन्त्रीविरुद्ध गालीगलौज : पाँचथरका युवा पक्राउमा गृह मन्त्रालयको ध्यानाकर्षण

0

काठमाडौं । गृह मन्त्रालयले सामाजिक सञ्जालमा प्रधानमन्त्रीविरुद्ध गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पाँचथरका एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा ध्यानाकर्षण जनाएको छ। आइतबार जारी विज्ञप्तिमा मन्त्रालयले ती युवालाई हालका लागि परिवारको जिम्मा लगाइएको जानकारी दिएको छ।

मन्त्रालयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्ने पुनः स्पष्ट पार्दै आफ्ना विचार व्यक्त गर्दा सभ्य, मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ। साथै, समाजमा अशान्ति फैलाउने, व्यक्तिको मानमर्दन गर्ने वा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने जस्ता गतिविधि प्रचलित कानूनविपरीत रहेको उल्लेख गरेको छ।

विज्ञप्तिमा सरकार नागरिकको मौलिक हक र अधिकारको संरक्षणमा सधैं प्रतिबद्ध रहेको जनाउँदै यस्ता अवाञ्छित क्रियाकलापमा सम्बन्धित निकायले नियमित निगरानी गरिरहेको जानकारी दिइएको छ।