Tuesday, July 28, 2026
Homeअर्थ र ब्यापारसाउनमा उठाइएको विद्युत् भ्याट भदौको बिलमा समायोजन गरिने

साउनमा उठाइएको विद्युत् भ्याट भदौको बिलमा समायोजन गरिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी देखिएको अन्योल अन्त्य गर्दै श्रावण महिनाको विद्युत महसुलसँगै असुल गरिएको भ्याट आगामी भदौ महिनाको बिलमा समायोजन गर्ने जनाएको छ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै श्रावण महिनामा ग्राहकबाट संकलन गरिएको भ्याट रकम भदौ महिनाको विद्युत महसुल बिलमा समायोजन गरिने स्पष्ट पारेको हो।

प्राधिकरणका अनुसार आर्थिक ऐन, २०६३ बमोजिम विद्युत सेवामा भ्याट लागू हुने व्यवस्था रहेकाले नेपाल विद्युत प्राधिकरण २०८३ साउन १ गतेदेखि भ्याटमा दर्ता भएको छ। त्यसपछि जारी भएका मासिक विद्युत महसुल बिलमा प्रचलित कानुनअनुसार भ्याट समावेश गरिएको थियो।

तर, २०८३ असार ३२ गतेसम्मको विद्युत खपतको बिल साउन १ गते वा त्यसपछि प्राप्त भए पनि साउन १ गतेअघिको खपतमा आर्थिक ऐन, २०८३ को अनुसूची–१, समूह–२ अन्तर्गत विद्युत शक्तिलाई आवश्यक वस्तुका रूपमा समावेश गरिएको हुँदा त्यस्तो खपतमा भ्याट नलाग्ने प्राधिकरणले जनाएको छ।

यही व्यवस्थाअनुसार साउन महिनामा असुल गरिएको भ्याट रकम ग्राहकको भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले स्पष्ट पारेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका