Tuesday, May 26, 2026
Homeसूचना प्रविधिसम्भव होला अन्तरीक्षमा बस्तीविकास ?

सम्भव होला अन्तरीक्षमा बस्तीविकास ?

मङ्गल ग्रहको नाम हामी सबैले सुनेका छौँ । पृथिवीको नजिक रहेर सूर्यलाई परिक्रमा गर्ने ग्रहहरूमा मङ्गल पनि पर्छ । यिनीहरूको आपसी दूरी भने परिवर्तन भइरहन्छ । नजिक हुन पुगेको अवस्थामा पृथिवी र मङ्गलबीचको दूरी पाँच करोड ६० लाख किलोमिटर हुन्छ । टाडा हुन पुगेको अवस्थामा दूरी बढेर ४० करोड २३ लाख किलोमिटरसम्म हुन पुग्छ । नजिक रहेको अवस्थामा यात्रा गर्ने हो भने पनि पृथिवीबासीलाई त्यहाँसम्म पुग्न २६० दिन लाग्ने अनुमान छ । मङ्गलको सतहमा औषत तापक्रम माइनस ६३ डिग्री सेल्सियस पाइएको छ । गुरुत्वाकर्षण चाहिँ पृथिवीको ३८ प्रतिशत रहेको अनुमान गरिएको छ तर पृथिवीभन्दा आधा सानो यस ग्रहको दिनमान भने पृथिवीको जस्तै साँढे २४ घन्टा रहेको हुन्छ ।
सौर्यआँधी लगायत अनेक कारणले मङ्गल ग्रह मानव बस्तीलायक छ भनिहाल्न सकिने अवस्था छैन । तथापि केही सकारात्मक पक्ष भने फेला परेका छन् । यसैका आधारमा अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले सन् २०३० को आसपासमा त्यहाँ अन्तरिक्षयात्री पठाउने योजना बनाएको छ । उता मङ्गलको कक्षमा भूउपग्रह स्थापना गर्न सफलता पाएको संयुक्त अरब इमिरेट्सले भने आगामी सय वर्षभित्र मानववस्ती विकास गर्ने योजना बनाएको छ । यस कार्यमा चीन पनि जोडतोडले लागिपर्दै आएको छ । हाल चीनले यसबारे जुन दीर्घकालीन योजना अघि सारेको छ त्यस अनुसार काम हुन सकेमा सन् २०५० सम्ममा १० लाख मानिस त्यहाँ पुगिसकेका हुनेछन् ।

कस्ता हुन्छन् अन्तरिक्षमा जन्मेका मानिस ? 
हाल अन्तरिक्षमा मानवबस्ती विकासका लागि जोडतोडले काम भइरहेको छ । यस सम्बन्धी मानवीय प्रयास सफल होलानहोला आफ्नै स्थानमा छ । सफल भए पनि प्रजननका लागि भने त्यति सहज मानिएको छैन । वैज्ञानिकहरूका अनुसार प्रजननमा खासै समस्या नभए पनि भारहिनताका कारण पृथिवीमा जस्तो त्यहाँ जन्मेका मानिस स्वस्थ र सामान्य चाहिँ हुने छैनन् । गुरुत्वाकर्षणको प्रभाव नपर्ने भएकाले त्यहाँ जन्मने बच्चालाई शारीरिक विकास हुन गाह्रो पर्नेछ, जसले गर्दा त्यहाँ जन्मने बालकमा खुट्टा सानो हुने, दृष्टि कमजोर हुने, आँखा सुन्निने र मांसपेशी कमजोर हुने जस्ता समस्या देखिने छन् । दृष्टि सन्तुलनमा राख्न मुख्य योगदान गर्ने कर्ण प्रणालीले राम्रोसँग काम गर्न नसक्ने हुँदा भ्रान्तिको शिकार हुनुपर्ने सम्भावना अधिक देखिन्छ । सोभियतसङ्घले सन् १९८३ मा अन्तरिक्षमा पठाएको गर्भिणी मुसाबाट जन्मेको बच्चाको आधारमा वैज्ञानिकहरूले यस्तो निस्कर्ष निकाले हुन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका