Tuesday, June 23, 2026
Homeअपराध र घटनाविष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो, २० दिन हिरासतमा राख्न माग

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो, २० दिन हिरासतमा राख्न माग

काठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विशेष अदालतमा उपस्थित गराएको छ। विभागले उनीमाथि थप अनुसन्धानका लागि २० दिन हिरासतमा राख्न अदालतसँग अनुमति माग गरेको छ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा व्यवसायी दीपक भट्टसँग पौडेलको शङ्कास्पद आर्थिक कारोबार देखिएको भन्दै विभागको सिफारिसमा उनलाई पक्राउ गरिएको जनाइएको छ।

पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो। उनी वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट नियन्त्रणमा परेका थिए।

प्रहरीले उनलाई स्थलमार्गबाट मंगलबार बिहान काठमाडौं ल्याएर आवश्यक कानुनी प्रक्रियाका लागि विशेष अदालतमा उपस्थित गराएको हो।

घटनाबारे थप अनुसन्धान जारी रहेको विभागले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका