Thursday, June 4, 2026
Homeकोरोना बिशेषविज्ञले भने, ‘संक्रमित बच्चालाई उच्च ज्वरो र काम्नेजस्ता लक्षण’

विज्ञले भने, ‘संक्रमित बच्चालाई उच्च ज्वरो र काम्नेजस्ता लक्षण’

कोभिड–१९ द्वारा संक्रमित बालबालिकामा असाध्यै धेरै ज्वरो र काम्नेजस्ता लक्षण देखिइरहेको  छ । आइतबार दिल्लीको सर गंगाराम अस्पतालमा बालरोग विशेषज्ञ डा. धिरेन गुप्ताले यसबारे जानकारी दिएका हुन् । उनका अनुसार डेल्टा भेरियन्टको विपरित ओमिक्रोन बिरामीमा स्वाद र गन्ध हराउनु साधारण होइन ।

केही बालबालिकालाई अस्पताल भर्ना गर्न आवश्यकः

कोभिड–१९ द्वारा संक्रमित बालबालिकाको उपचार गरिरहेका डा. गुप्ताले भने, ‘११ देखि १७ वर्ष बीचमा बालबालिका तथा किशोर जो कोरोनाभाइरसद्वारा संक्रमित छन्, उनीहरुमा असाध्यै धेरै ज्वरो र काम्ने लक्षण देखिएको छ । दुईभन्दा कम उमेरका बालबालिकामा पनि यहि लक्षण देखिएको छ । तीमध्ये केहीलाई अस्पताल भर्नासमेत गर्नु परिरहेको छ ।’

डा. गुप्ताले भने, ‘मैले कोभिड–१९ द्वारा संक्रमित लगभग ९ शिशुको उपचार गरेको छु जसमध्ये एकलाई भेन्टिलेसन सपोर्टको आवश्यकता परेका ेछ । अन्य बिरामीजस्तै उच्च ज्वरोका कारण शिशुलाई अस्पताल भर्ना गराउनुपर्ने हुनसक्छ ।’

वयस्कमा संक्रमणको गम्भीरता डेल्टाको तुलनामा कमः

उनका अनुसार वयस्कमा संक्रमणको गम्भीरता कोरोनाभाइरसको डेल्टा भेरियन्टको तुलनामा कम छ जबकी शिशुका लागि यस्तै हो भन्न सकिने अवस्था छैन । डाक्टर गुप्ताले भने, ‘मेरो अनुभवको अनुसार, दुई वर्षभन्दा कम उमेरका बच्चा जो उच्च जोखिमका हुन्छन् उनीहरुमा संक्रमणको गम्भीरता लगभग डेल्टा भेरियन्टजस्तै छ ।’

अपर रेस्पिरेटरी ट्र्याकलाई प्रभावित गरिरहेको छ भाइरसः

कोभिड–१९ को ओमिक्रोन भेरियन्टको विषयमा उनले भने, ‘यसपटक भाइरसले मुख्य रुपमा रोगीको अपर रेस्पिरेटरी ट्र्याकलाई प्रभावित गरिरहेको हामीले पायौँ । त्यसैले संक्रमणमा चिसो, टाउको दुख्ने, नाक बग्नेजस्ता लक्षण देखिन्छन् । उच्च ज्वरोसहित काम्ने पनि देखिएको छ ।’

१० मध्ये २–३ बिरामीमा गन्ध र स्वाद हराएको जानकारीः

दोस्रो लहरका बेला कोरोनाभाइरस संक्रमणको लक्षणको तुलना गर्दै डा. गुप्ताले भने, ‘दोस्रो लहरको विपरित ओमिक्रोन बिरामीमा स्वाद र गन्ध हराउने समस्या खासै देखिएको छैन । १० मध्ये केवल २–३ बिरामीमा गन्ध र स्वाद हराइरहेको छ ।’

खोप लगाएकामा लक्षण कम गम्भीरः

स्वास्थ्य विज्ञका अनुसार खोप लगाएका खोप लगाएका र स्वस्थ व्यक्तिमा ओमिक्रोनको लक्षण खोप नलगाएकाहरुको तुलनामा निकै गम्भीर छ । उनले भने, ‘हालसम्म मैले तीन बिरामीलाई भेटेको छु, जसलाई निमोनिया भएको छ । उनीहरुलाई उपचारका लागि स्टेरोइड दिइएको छ ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका