Wednesday, April 22, 2026
Homeअन्तराष्ट्रियरुसी आक्रमणबाट युक्रेनमा ६० अर्ब डलरको क्षति

रुसी आक्रमणबाट युक्रेनमा ६० अर्ब डलरको क्षति

विश्व बैंकका अनुसार करिब दुई महिनादेखि चलिरहेको युक्रेनमाथिको रुसी आक्रमणले झण्डै ६० अर्ब डलरको नोक्सान भइसकेको छ । विश्व बैंकले प्रारम्भिक अनुमानका आधारमा यो तथ्याङ्क पेस गरेको हो । यसमा युद्धको लगातार बढिरहेको आर्थिक खर्च जोडिएको छैन ।

विश्व बैंकका अध्यक्ष डेभिड मालपासले युद्धको क्षति सार्वजनिक गर्न आयोजित सम्मेलनमा दुई देशबीचको लडाई अझै जारी रहेकाले नोक्सान बढ्ने बताए ।  जेलेन्स्कीले यो सम्मेलनलाई भर्चुअल तरिकाले सम्बोधन गरेका थिए । सम्बोधनमा उनले यो युद्ध खर्च धान्न र अर्थव्यवस्थामा पुगेको क्षति पुनःस्थापित गर्न हरेक महिना ७ अर्ब डलरको आवश्यकता पर्ने बताए ।

जेलेन्स्कीले युद्धबाट क्षतिग्रस्त पूर्वाधारहरु पुनः उठाउनका लागि पछि अर्बौं डलर जरुरत हुने बताए । त्यसका लागि रुसमाथि आर्थिक प्रतिबन्ध लगाएपछि विदेशी बैंकमा फ्रिज भएको रुसी पैसा आफूहरुलाई उपलब्ध गराउन उनले माग गरे ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका