काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको १७ मंसिरबाट सुरु हुने भनिएको चीन भ्रमणको तालिका तय भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली १७ मंसिरमा चीन प्रस्थान गरी २० मंसिरमा स्वदेश फर्कनेछन्।
भ्रमणको पहिलो दिन, १८ मंसिरमा, उनले चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्रीसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन्। १९ मंसिरमा नेपाल उद्योग वाणिज्य महासंघ र पेकिङ युनिभर्सिटीले आयोजना गर्ने कार्यक्रमहरूमा सम्बोधन गर्नेछ।
भ्रमणको तयारीस्वरूप परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार चीन प्रस्थान गर्नेछिन्। हिमालय एयरलाइन्सको चार्टर्ड विमानबाट प्रधानमन्त्री बेइजिङ जाने र फर्कने योजना रहेको छ। भ्रमणको आधिकारिक घोषणा भने हुन बाँकी छ।


