Saturday, May 2, 2026
Homeमनोरन्जन‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया र माया गुरुङलाई

‘मिस एण्ड मिसेस गुरुङ २०८२’को उपाधि सुप्रिया र माया गुरुङलाई

काठमाडौं । ‘मिस एण्ड मिसेस गुरुङ २०८२’ को उपाधि सुप्रिया गुरुङ (मिस) र माया गुरुङ (मिसेस) ले जित्नुभएको छ। सोमबार नेपाल पुलिस क्लबमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा दुवैले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएका हुन्।

कार्यक्रममा पूर्वअर्थ तथा परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महत प्रमुख अतिथि रहनुभएको थियो।

मिसेसतर्फ फस्ट रनरअप मायादेवी गुरुङ, सेकेन्ड रनरअप गंगा गुरुङ, थर्ड रनरअप पूर्णिमा गुरुङ र फोर्थ रनरअप मुना घले बन्न सफल भए। त्यस्तै विभिन्न उपाधिहरूमा मुना घले (पब्लिक च्वाइस), कुमारी गुरुङ (भ्युअर च्वाइस र आत्मविश्वासी), मेलिना गुरुङ (अर्गेनाइजर च्वाइस, फोटोजेनिक, व्युटिफुल), मीना गुरुङ (प्रतिभा, हम्बल), हेमा गुरुङ (अनुशासन), माया गुरुङ (व्यक्तित्व), गंगा गुरुङ (इन्टेलिजेन्स), मुना घले (फ्रेन्डसिप), रश्मी गुरुङ (हार्डवर्किङ), जुना गुरुङ (बेष्ट स्माइल), कृष्णमाया गुरुङ (अनेष्ट), नन्द गुरुङ (आज्ञाकारी), बिचु गुरुङ (प्रेरणादायी), क्षमा गुरुङ (बेष्ट हेयर), रञ्जिता गुरुङ (बेष्ट स्किन), धनु गुरुङ (ग्रेसफुल), सपना गुरुङ (कल्चरल), कञ्चन गुरुङ (आकर्षक), सृजना गुरुङ (एक्टिभ), लक्ष्मी गुरुङ (इनोसेन्ट), मायादेवी गुरुङ (सिनसियर), र पूर्णिमा गुरुङ (नेतृत्व) विजयी बने।

मिसतर्फ फस्ट रनरअप अनिता गुरुङ, सेकेन्ड रनरअप ईशा गुरुङ, पब्लिक च्वाइस फुलमाया गुरुङ, आयोजकको छनोट हिमाली गुरुङ, दर्शकको रोजाइ सुनिला गुरुङ बने। साथै अन्य उपाधिहरूमा सुमा गुरुङ (फोटोजेनिक, एक्टिभ), अनिता गुरुङ (ट्यालेन्ट, चार्मिङ), जेनिशा गुरुङ (डिसिप्लिन), सुप्रिया गुरुङ (पर्सनालिटी), सुनिला गुरुङ (कन्फिडेन्ट), फुलमाया गुरुङ (इन्टेलिजेन्ट), सपना घले (फ्रेन्डसिप), सम्पदा गुरुङ (लिडरशिप), सिर्जना गुरुङ (बेष्ट स्माइल), ईशा गुरुङ (ब्यूटीफुल), हिमाली गुरुङ (इनोसेन्ट), र पवित्रा गुरुङ (इमान्दार) विजयी बने।

विजेता तथा उपविजेताहरूले उपाधिसँगै गिफ्ट ह्याम्पर र पुरस्कार प्राप्त गरेका थिए।

कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता सरोज खनाल, गायक आनन्द कार्की, पूर्व डिआइजी डा. देउती गुरुङ, कोरियोग्राफर केशव थापा र मैनुका राई रहनुभएको थियो।

विशिष्ट अतिथिमा बागमती प्रदेशकी खेलकुद मन्त्री उर्मिला केसी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलमान पाख्रिन, राप्रपाका केन्द्रीय सदस्य पर्शुराम तामाङ, कांग्रेस नेतृ राधा घले, कोशी प्रदेश सांसद डोल्मा तामाङ, पूर्वसांसद मनकुमारी गुरुङ, नेपाल प्रहरीका एआईजीपी चन्द्रकुबेर खापुङलगायतको उपस्थिति थियो।

मुख्य अतिथि डा. महतले विविधताले भरिपूर्ण नेपालमा भाषा, साहित्य, कला र संस्कृतिको जर्गेना आवश्यक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले संस्कृतिको संरक्षणमा योगदान गर्ने बताए।

एसके इन्टरटेन्मेन्टको आयोजनामा सम्पन्न प्रतियोगिताबारे प्रबन्ध निर्देशक शान्ता लामा तामाङले यस संस्करण अघिल्लाभन्दा व्यवस्थित, भव्य र प्रभावकारी भएको बताए। साथै नेपालमै पहिलो पटक पूर्ण रूपमा निःशुल्क आयोजना गरिएको सौन्दर्य प्रतियोगिता भएको र सबै प्रतिस्पर्धीलाई फारम, प्रशिक्षण तथा सहयोग निःशुल्क उपलब्ध गराइएको जानकारी दिए।

उनका अनुसार, प्रतियोगिताले गुरुङ महिलाको प्रतिभा, आत्मविश्वास र नेतृत्व क्षमतालाई उजागर गर्नुका साथै गुरुङ समुदायको भेषभूषा, संस्कृति र परम्परा संरक्षणमा योगदान पुर्‍याउने उद्देश्य बोकेको छ।

शान्ता लामा तामाङ नेपाल इन्टरनेशनलकी संस्थापक मात्र नभई आदिवासी जनजाति तथा महिलाको सशक्तीकरणमा सक्रिय नेतृ पनि हुन्।

गीतकार तथा कार्यक्रम निर्देशक अशोककुमार तामाङले गुरुङ कला र संस्कृतिको प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गरिएको बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका