Wednesday, April 22, 2026
Homeअन्तराष्ट्रियमस्कोमा आतंकवादी हमला, १३३ को मृत्यु

मस्कोमा आतंकवादी हमला, १३३ को मृत्यु

मस्को। रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ। उक्त आतंकवादी हमलामाबाट १३३ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाईते भएका छन्।
स्थानीय प्रत्यक्षदर्शीले सो संख्या अझ बढी हुन सक्ने जनाएका छन्।

मस्को नजिक एक म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा सो हमला भएको हो। सो हलमा यत्रतत्र शवहरू छरिएको देखिएको थियो। सो हमलाको जिम्मेवारी इस्लामिक स्टेट आईएसएसले लिएको अलजजिराले जनाएको छ।

मस्कोस्थित अमेरिकी दूतावासले भीडभाड हुने क्षेत्रमा नजान यसअघि नै आफ्ना नागरिकलाई अलर्ट गरेको जनाइएको छ। जसको अहिले रूसले कनेक्सन खोजिरहेको जनाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका