Wednesday, April 22, 2026
Homeदेश र प्रदेशमंगलबारदेखि उपत्यकामा जोरविजोरमा सार्वजनिक बस चल्‍ने

मंगलबारदेखि उपत्यकामा जोरविजोरमा सार्वजनिक बस चल्‍ने

काठमाडौं : भोलिदेखि काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय भएको छ । सोमबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।

अघिल्लो साता थपेको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ ।जारी निषेधाज्ञालाई खुकुलो पार्दै जोरबिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय बैठकले गरेको हो। उक्त निर्णयसँगै बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म सार्वजनिक बस संचालनमा आउनेछन्।

यसअघि सरकारले असार १७ गतेदेखि आन्तरिक हवाइ उडान पनि खोल्ने निर्णय गरिसकेको छ। यस्तो अवस्थामा सार्वजनिक यातायात पनि सञ्चालन गर्न पाउनुपर्ने माग यातायात व्यवसायीहरूले राखेका थिए।

सार्वजनिक यातायात सञ्चालन गर्दा चालक , सहचालक र यात्रुले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका