Saturday, April 18, 2026
Homeअन्तराष्ट्रियब्राजिलमा काेराेनाबाट एकैदिन एक हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा काेराेनाबाट एकैदिन एक हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोभिड-१९बाट हुने मृत्यु अझै घट्न नसकेको त्यहाँका अधिकारीले जनाएका छन् । ब्राजिलका अधिकारीकाअनुसार पछिल्ला केही दिनमा कोभिडबाट हुने मृत्यु बढ्दै गएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले गएको २४ घण्टाभित्र कोभिडबाट एक हजारभन्दा बढीको ज्यान गएको छ ।

कोभिड-१९ बाट धेरै प्रभावित देशको सूचीमा रहेको ब्राजिलमा २४ घण्टामा कोरोना भाइरसबाट कम्तीमा पनि एक हजार २११ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अधिकारीले दिएको जानकारीअनुसार यो समेतगरी त्यहाँ ज्यान गुमाउने नागरिकको संख्या पाँच लाख ६४ हजार ७७३ पुगेको छ । त्यहाँका अधिकारीले मंगलबार यसअघिका दिनको तुलनामा धेरै नागरिकको कोभिड–१९ संक्रमणबाट निधन भएको बताएका छन् ।

त्यसैगरी ब्राजिलमा कोभिडबाट संक्रमित हुनेको संख्या पनि गएको २४ घण्टामा करिब ३५ हजार रहेको छ । यो समेत गरी ब्राजिलमा कोभिडबाट संक्रमित हुने नागरिकको संख्या दुई करोडभन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा हरेक एक लाख जना संक्रमितमा करिब २६० जनाको निधन भएको तथ्यांकले देखाएको बताइएको छ । रासस

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका