Friday, April 17, 2026
Homeअपराध र घटनाबाँकेको कोहलपुरबाट ५ जना जुवाडे पक्राउ

बाँकेको कोहलपुरबाट ५ जना जुवाडे पक्राउ

बाँकेको कोहलपुर नगरपालिका–११ स्थित बसपार्कबाट प्रहरीले जुवा खेलिरहेका ५ जनालाई पक्राउ गरेको छ । बसपार्कमा रहेको होटेल रेडिसनबाट गएराति जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले जुवा खालबाट ३ लाख ६२ हजार ६ सय ५० रूपैयाँ नगद बरामद गरेको छ । आरोपीहरुलाई जुवा मुद्दामा म्याद लिएर अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका