Tuesday, September 15, 2026
Homeराजनीतिप्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्को बैठक, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बिहान ११:३० बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषय तथा आवश्यक सुरक्षा रणनीतिबारे छलफल हुने बताइएको छ।

राष्ट्रिय सुरक्षा परिषद्मा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ।

सरकारले पछिल्लो विकसित राष्ट्रिय परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा परिषद्को बैठक आह्वान गरेको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका