Friday, June 19, 2026
Homeराजनीतिनेपाल तरुण दल भद्रपुरले बनायो श्रमिकको घर

नेपाल तरुण दल भद्रपुरले बनायो श्रमिकको घर

झापा: नेपाल तरुण दल भद्रपुरले भद्रपुर नगरपालिका–५ का घरविहीन श्रमिक मेहरा दायिराको लागि घर निर्माण गरेको छ। इँट्टा र सिमेन्टले बनेको दुई कोठे नवनिर्मित यो घर आइतबार एक समारोहका बीच भद्रपुर नगरप्रमुख गणेश पोखरेलले दायिरालाई हस्तान्तरण गर्नुभयो।

तरुण दल भद्रपुर–५ का सभापति इन्द्र नेपालका अनुसार, घर निर्माणमा पाँच लाख रुपैयाँ खर्च भएको र सम्पूर्ण लागत तरुण दल भद्रपुरले व्यहोरेको हो। यस नयाँ घरको पाँच धुर जग्गा श्रमिक दायराकै नाममा रहेको छ।

नगरप्रमुख पोखरेलले तरुण दलले घरविहीन व्यक्तिको घर निर्माणमा देखाएको योगदानको प्रशंसा गर्दै जनसेवा र सामाजिक कार्यमा राजनीतिक दल र तिनका भ्रातृ सङ्गठन सक्रिय हुँदा जनतामा लोकतान्त्रिक व्यवस्थाप्रति भरोसा बढ्ने बताउनुभयो।

नवनिर्मित घर पाएपछि दायिराले आर्थिक अभावका कारण लामो समयदेखि घर बनाउन नसकेको र नयाँ घर पाउँदा अत्यन्त खुसी लागेको बताउनुभयो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका