Thursday, August 6, 2026
Homeखेलकुदनापोलीसँग मिलान पराजित

नापोलीसँग मिलान पराजित

इटालीयन सिरि ए फुटबलमा एसी मिलानलाई पराजित गर्दै नापोली शीर्ष दुईमा उक्लिएको छ । आइतबार राति घरेलु मैदान सान सिरोमा मिलन नापोलीसँग १-० अन्तरले पराजित भएको हो । नापोलीको जितमा पाँचौ मिनेटमा इलिफ इल्मासले निर्णायक गोल गरे ।

बाँकी समय दुबै टोलीले गोलका केहि अवसर शृजना गरेपनि सदूपयोग गर्न सकेनन् ।  जितसँगै नापोली लिगको दोस्रो स्थानमा उक्लिएको छ । एसी मिलानसँग ३९ अंकको बराबरी भएपनि हेट टु हेडमा अघि रहेको हो । दुवै टिम शीर्ष स्थानको इन्टर मिलानभन्दा चार अंकले पछि छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका