Wednesday, July 8, 2026
Homeखेलकुददुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट उत्कृष्ट पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ। रोमाञ्चक जितसँगै अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।

अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार भएको अन्तिम–१६ को खेलमा इजिप्टले सुरुआतदेखि नै प्रभावशाली प्रदर्शन गरेको थियो। खेलको १५औँ मिनेटमा यासेर इब्राहिमले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ६७औँ मिनेटमा मुस्तफा जिकोले अर्को गोल थपेपछि इजिप्ट २–० को बलियो अवस्थामा पुगेको थियो।

तर अन्तिम १५ मिनेटमा अर्जेन्टिनाले खेलको चित्र नै बदलिदियो। ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले हेडमार्फत गोल गर्दै अन्तर घटाए। त्यसको चार मिनेटपछि कप्तान लियोनेल मेस्सीले बराबरी गोल गर्दै खेललाई २–२ को अवस्थामा पुर्‍याए।

निर्धारित समय सकिनै लाग्दा अतिरिक्त समयको तेस्रो मिनेट (९०+३) मा एन्जो फर्नान्डेजले निर्णायक गोल गरेपछि अर्जेन्टिनाले ३–२ को नाटकीय जित निकाल्यो। उक्त गोलका लागि लाउटारो मार्टिनेजले उत्कृष्ट पास उपलब्ध गराएका थिए।

यस जितसँगै अर्जेन्टिनाले क्वाटरफाइनलमा स्थान बनाएको छ, जहाँ उसले कोलम्बिया वा स्विट्जरल्यान्डमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका