Thursday, June 4, 2026
Homeस्वास्थ्य र जीवनशैलीथप १० हजार ३१९ मा कोरोना‚ २ हजार ५४० संक्रमणमुक्त

थप १० हजार ३१९ मा कोरोना‚ २ हजार ५४० संक्रमणमुक्त

काठमाडौँ — नेपालमा पछिल्लो २४ घण्टायता १० हजार ३१९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल २१ हजार २०१ जनामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण देखिएको हो ।

१६ हजार ६५४ जनामा पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार ५४ र ४ हजार ५४७ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोहि अवधिमा २ हजार ५४० संक्रमित निको भएका छन् । योसँगै हालसम्म ८ लाख २४ हजार २३९ जना निको भएका छन् ।

२४ घण्टामा ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका