Wednesday, April 22, 2026
Homeअन्तराष्ट्रियजर्मनीले फेर्‍यो नीति : युक्रेनलाई ५० एन्टी–एयरक्राफ्ट ट्याङ्क पठाउने बचन

जर्मनीले फेर्‍यो नीति : युक्रेनलाई ५० एन्टी–एयरक्राफ्ट ट्याङ्क पठाउने बचन

युक्रेनमाथि रुसको आक्रमणपछि नै कडा कारबाही नगरेको भन्दै आन्तरिक  तथा अन्तर्राष्ट्रिय स्तरमा आलोचना झेलिरहेको जर्मनीले अब आफ्नो अडान स्पष्ट पारेको छ । जर्मनको सरकारले युक्रेनलाई ५० वटा एन्टी–एयरक्राफ्ट ट्याङ्क पठाउने घोषणा गरेको छ ।

जर्मनीले यो निर्णय यस्तो समयमा लिएको हो जब अमेरिका र उनका सहयोगी देश जर्मनीमा स्थित एयरबेसमा भेटे र युक्रेनलाई अतिरिक्त हतियार दिने बचन दिए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार युद्ध सुरु भएपछि जर्मनीले युक्रेनलाई भारी हतियार पठाउँछु भनेर बचन दिएको यो पहिलो घटना हो ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले जर्मनीको निर्णयको स्वागत गरेका छन् । जर्मनीको रक्षामन्त्रीसँगको कुराकानीपश्चात् अस्टिनले भने, ‘यी हतियार प्रणालीले युक्रेनलाई साँच्चै नै क्षमता प्रदान गर्नेछ ।’

युक्रेनका राजदूतसहित थुप्रै आलोचकले जर्मनीले युक्रेनलाई भारी हतियार उपलब्ध नगराएको भन्दै दाबी गर्दै आएका छन् । साथै, जर्मनीले रुसको ऊर्जा आयातमाथि पनि प्रतिबन्ध नलगाएको भन्दै आलोचना गरेका थिए । आलोचकहरु भन्छन् कि जर्मनीले एक महाशक्तिमा हुनुपर्ने नेतृत्व देखाएको छैन ।

यद्यपि, रुसको तर्फबाट अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया भने आएको छैन ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका