काठमाडौं। युक्रेनी प्रधानमन्त्री युलिया स्भिरिडेन्कोले आइतबार बिहान किभको क्याबिनेट भवनमा आक्रमण भएको आधिकारिक रूपमा पुष्टि गरेकी छन्। यो भवनलाई लक्षित गरिएको पहिलो आक्रमण हो।
युक्रेनी वायुसेनाले रातभरि गरिएका आक्रमणमा रूसी सेनाले ८०५ ड्रोन र १३ वटा मिसाइल प्रहार गरेको जानकारी दिएको छ। जसमध्ये ७५१ ड्रोन वायुमा खसालिएको थियो।
वायुसेनाका अनुसार, ९ वटा मिसाइल र ५६ वटा ड्रोन ३७ स्थानमा खसेका थिए भने तिनका भग्नावशेष आठ स्थानमा खसेका थिए।
बीबीसीकी पूर्वी युरोप संवाददाता सारा रेन्सफोर्ड किभमा छिन्। उनले आइतबार बिहान इन्डिपेन्डेन्स स्क्वायर पछाडिबाट आकाशमा धुवाँको ठूलो मुस्लो उडिरहेको देखिन्। केही समयपछि उनले दुईवटा रूसी क्रूज मिसाइलहरू तीव्र गतिमा उडिरहेको देखिन् र त्यसपछि विस्फोटको आवाज सुनिन्।
रूसी मिसाइल र ड्रोनले शहरको केन्द्रमा सिधै आक्रमण गर्नु असामान्य कुरा हो। काभको यस क्षेत्रमा युक्रेनको वायु रक्षा प्रणाली निकै बलियो रहेको छ।


