Thursday, April 16, 2026
Homeराजनीतिकांग्रेसले प्रधानमन्त्रीलाई सोध्यो; 'तपाईंबाट धोका पाएकाहरू एक ठाउँमा मिले तपाईंको हालत के...

कांग्रेसले प्रधानमन्त्रीलाई सोध्यो; ‘तपाईंबाट धोका पाएकाहरू एक ठाउँमा मिले तपाईंको हालत के होला ?

काठमाडौँ । आज बसेको संसद बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ लाई तीखो कटाक्षसहितको प्रश्न सोधेका छन्।
उनले सोधे, “प्रधानमन्त्रीज्यू, तपाईंबाट धोका पाएका दलहरू एक ठाउँमा उभिए भने तपाइंको हालत के होला ?

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रचण्डले धोका दिएको विषय अहिलेको सत्ता गठबन्धन दल नेकपा एमालेले पनि आफ्नो राजनीतिक प्रतिवेदनमा समावेश गरेको पढेर सुनाए ।

प्रमुख सचेतक लेखकले भने,‘पार्टी कब्जा गर्ने र विदेशी प्रतिक्रियावादीहरुको इच्छापूर्ति गर्ने वचनबद्ध नाम हो पुष्पकमल दाहाल प्रचण्ड भनेको रहेछ । यो मेरो कुरा हैन दस्ताबेजबाट लिएको । गठबन्धन भत्कँदा लेखिएको रहेछ, ‘माओवादी केन्द्रको अवसरवादी, अविश्वसनीय र अस्थिर चरित्रसँग हामी अपरिचित छैनौँ । गएका ६ वर्षमा हामी माथि पटक पटक धोका भएको छ ।’ भनेर लेखेको छ । यसलाई कसरी लिनुहुन्छ । पार्टीहरुले आफ्नो दस्ताबेजमा त लेख्दो रहेछ त ।’

उनले प्रधानमन्त्रीले धोका दिन कुनै पनि दल बाँकी नरहेको बताए ।

लेखकले भने,‘अब म के निष्कर्षमा पुगेको छु भने अब धोका दिन कोही बाँकी रहेनन् । तर एकचोटी सोच्नु, यी धोका पाएकाहरु तपाईँको विरुद्ध एक ठाउँमा उभिए भने कहाँ पुग्नुहोला ? हेक्का राख्नुहोला, ख्याल गर्नुहोला ।’

उनले कांग्रेसको महासमिति बैठकमा प्रवेश नै नगरेको हिन्दु धर्मको विषयलाई गठबन्धन तोड्नुको कारण देखाउनु बहानाबाजी मात्र भएको बताए । उनले संक्रमणकालीन न्याय सम्बन्धी कानुन बनाउने कुरामा कांग्रेसले सहयोग गरिरहेको अवस्थामा कसका कारण कसरी रोकियो भन्दै प्रश्न गरे ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका