Monday, April 20, 2026
Homeअन्तराष्ट्रियकर्नाटकमा पनि सप्ताहान्तमा कर्फ्यू

कर्नाटकमा पनि सप्ताहान्तमा कर्फ्यू

भारतको दक्षिणी राज्य कर्नाटकमा पनि सप्ताहान्तमा कर्फ्यू लगाइने भएको छ । कोभिड सङ्क्रमितको सङ्ख्या बढेसँगै कर्नाटकमा सप्ताहान्तमा कर्फ्यू घोषणा गरिएको हो ।

कर्नाटकमा मंगलबार एकै दिन दुई हजार ५३ जनामा सङ्क्रमण देखिएको थियो । तीमध्ये १४९ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको थियो । कर्फ्यू शुक्रबार राति ११ बजेदेखि सोमबार बिहान ५ बजेसम्म जारी हुनेछ । कर्नाटकमा अहिले पनि रात्रिकालीन कर्फ्यू भने यथावत् नै छ ।

कर्फ्यूको समयमा सार्वजनिक यातायात, होटललगायत अत्यावश्यक सेवा भने सञ्चालन हुने कर्नाटक सरकारले जनाएको छ । यसअघि उत्तर प्रदेश र राजधानी दिल्लीमा पनि रात्रिकालीन कर्फ्यू लगाइएको थियो ।  तर, सङ्क्रमण झन् बढेपछि मंगलबार दिल्ली सरकारले सप्ताहान्तमा कर्फ्यू  लगाइने घोषणा गरेको थियो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका