Monday, July 27, 2026
Homeराजनीतिएमाले–नेकपा राष्ट्रिय सहमतिपछि कर्णालीमा नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने

एमाले–नेकपा राष्ट्रिय सहमतिपछि कर्णालीमा नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच शनिबार भएको राष्ट्रिय सहमतिपछि कर्णाली प्रदेशमा नयाँ सत्ता समीकरणअनुसार नेकपाको नेतृत्वमा सरकार गठन हुने निश्चित भएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले हस्ताक्षर गरेको राष्ट्रिय सहमतिले प्रदेशस्तरमा यसअघि बनेको सत्ता समीकरण परिवर्तन गर्ने भएको हो। यसको प्रत्यक्ष प्रभाव कर्णाली प्रदेशमा देखिएको छ।

कर्णाली प्रदेश सरकारबाट नेपाली कांग्रेसले गत असार ३१ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो।

त्यसपछि असार ३२ गते मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्री बनाउने उद्देश्यसहित नेकपाका ११ र कांग्रेसका ५ गरी १६ जना प्रदेशसभा सदस्यले संयुक्त रूपमा उक्त प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेका थिए।

अविश्वास प्रस्तावमाथि छलफलका लागि बोलाइएको कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको २२औँ बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले शनिबार पदबाट राजीनामा दिएका थिए। उनको राजीनामासँगै प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढ्ने भएको छ।

प्रदेशसभा सभामुख नन्दा गुरुङले नयाँ सरकार गठनसम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउन साउन १४ गते बिहीबार दिउँसो ३ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको जानकारी दिएकी छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका