Saturday, May 2, 2026
HomeNRN चुनाव बिशेषएनआरएनए कोरियाले नेपालमा लगानीको अवस्थाबारे गोष्ठी गर्दै

एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्थाबारे गोष्ठी गर्दै

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले ‘नेपालमा लगानीको अवस्था र सम्भावना’ बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यतामा शनिवार कोरियन समयअनुसार बेलुकी ८ बजे कार्यक्रम गरिने जानकारी एनआरएनए प्रवक्ता सन्तोष खड्काले दिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थ मन्त्रालयका सचिव मधु मरासिनीको पनि सहभागिता रहनेछ । गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष दीपक पुन मगरले  कोरियामा रहेका  सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन् । आयोजकले कार्यक्रमको बारेमा जानकारी लिन एनआरएनए कोरियाको फेसबुक पेजमा म्यासेज गर्न सक्ने छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका