Monday, April 20, 2026
Homeकोरोना बिशेषएकैदिन ४ हजार बढी कोरोनामुक्त, निको हुनेको संख्या ६ लाख नाघ्यो

एकैदिन ४ हजार बढी कोरोनामुक्त, निको हुनेको संख्या ६ लाख नाघ्यो

काठमाडौं : १० हजार ९८५ नमूना परीक्षणमा २७ सय ६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा परीक्षण गराएका १० हजार ९८५ नमूनामा २७ सय ६० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

यस्तै पछिल्लो २४ घन्टामा ४ हजार १७ जनाले कोरोना जितेका छन्। यो सहित कोरोनाबाट मुक्त हुनेको संख्या ६ लाख १४९ पुगेको छ। मन्त्रालयका अनुसार बिहीबार कोरोना संक्रमणबाट थप ३३ जनाले ज्यान गुमाएका छन्। यो सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार १४५ पुगेको छ। बुधबार कोरोनाबाट ४१ जनाले ज्यान गुमाएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका