काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादस्थित तरलाई क्षेत्रमा रहेको इमाम बारगाहमा विस्फोट हुँदा धेरै जना घाइते भएका छन्। बीबीसी उर्दूका अनुसार घटनामा केही व्यक्तिको मृत्यु भएको आशंका समेत गरिएको छ।
इस्लामाबाद प्रहरीका प्रवक्ताले बीबीसी उर्दूका पत्रकार शहजाद मलिकलाई दिएको जानकारीअनुसार विस्फोट इमाम बारगाहको आँगनमा भएको हो।
उद्धार तथा आपतकालीन सेवा ‘रेस्क्यु ११२२’ का अनुसार घाइतेहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। घटनापछि इस्लामाबादका प्रहरी महानिरीक्षक (आईजी) ले शहरमा आपतकाल घोषणा गरेका छन्।
तरलाईस्थित इमाम बारगाह खादिजातुल कुबरामा विस्फोट भएको बताइएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।


