Sunday, June 7, 2026
Homeअपराध र घटनाइलेक्ट्रोनिक माइक्रोबस चोरी गर्ने युवक धादिङबाट नियन्त्रणमा

इलेक्ट्रोनिक माइक्रोबस चोरी गर्ने युवक धादिङबाट नियन्त्रणमा

काठमाडौं: काठमाडौंको बनस्थलीस्थित एक वर्कशपबाट इलेक्ट्रोनिक माइक्रोबस चोरी गरी धादिङसम्म पुर्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका अनुसार, २०८२ साल वैशाख २९ गते बिहान करिब ४:३० बजे काठमाडौं महानगरपालिका–१६, बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरको पार्किङ स्थलबाट बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको माइक्रोबस चोरी भएको थियो।

उक्त सवारी स्याङ्जा जिल्ला, बिरुवा गाउँपालिका–१ निवासी तथा हाल काठमाडौं बनस्थलीमा बसोबास गर्दै आएका १९ वर्षीय सुदीप थापाले चोरी गरी धादिङसम्म पुर्याएका थिए।

थापालाई जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा उक्त सवारीसहित नियन्त्रणमा लिइएको हो। चोरी मुद्दामा आवश्यक अनुसन्धानका लागि उनलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जानकारी दिएको छ।

हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका