Sunday, July 19, 2026
Homeराजनीतिआज दुई संसदीय समितिको बैठक, राष्ट्र बैंक ऐन संशोधनदेखि बाल सुधार गृहको...

आज दुई संसदीय समितिको बैठक, राष्ट्र बैंक ऐन संशोधनदेखि बाल सुधार गृहको मानवअधिकार अवस्थासम्म छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत आज (आइतबार) दुई वटा संसदीय समितिको बैठक बस्दैछ। अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समसामयिक विधेयक तथा मानवअधिकारसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची रहेको छ।

अर्थ समितिको बैठक बिहान ९:३० बजे बस्नेछ। बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन गर्न बनेको विधेयकमाथि सरोकारवाला संघ–संस्थासँग छलफल गरिने कार्यसूची छ।

त्यसैगरी, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ९ बजे बस्नेछ। बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानवअधिकार अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले तयार पारेको प्रतिवेदन, २०८३ माथि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल गरिनेछ।

दुवै समितिका बैठकमा कानुन संशोधन, वित्तीय क्षेत्र सुधार तथा बालअधिकार संरक्षणसँग सम्बन्धित विषयमा विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका