Wednesday, April 22, 2026
Homeअन्तराष्ट्रियअस्ट्रेलियामा नेपाली कलाकारहरूको न्यू इयर धमाका

अस्ट्रेलियामा नेपाली कलाकारहरूको न्यू इयर धमाका

नयाँ वर्ष २०७९ को अवसर पारी सुदूरपश्चिम समाज अस्ट्रेलियाले अस्ट्रेलियाको सिड्नीमा न्यू इयर धमाका कार्यक्रम आयोजना गरेको छ ।

स्थानीय मेयर निका कार्टिश प्रमुख अतिथि रहेको  कार्यक्रममा चक्र बम, डिल्ली फोम्बो , शिव परियार, ज्योति मगर, तृष्णा गुरुङ र मिलन नेवार लगायतका चर्चित नेपाली गायक-गायिकाहरूले  आफ्ना चर्चित गीतहरूबाट दर्शकलाई भरपुर मनोरञ्जन दिएका थिए । कार्यक्रममा उनीहरूका साथै अस्ट्रेलियामा रहेका स्थानीय कलाकारहरू पनि सहभागी जनाएको थिए । कार्यक्रम  मिस कस्मोपोलिटन वर्ल्ड २०१९ कि विजेता तथा चर्चित मोडल, कोरियोग्राफर प्रियारानी लामाले सञ्चालन गरेकी थिइन्।

लामाकै कोरियोग्राफीमा स्थानीय मोडलहरूले कल्चरल ड्रेसमा र्‍याम्पमा क्याटवाक समेत गरेका थिए। कार्यक्रममा सुदूरपश्चिमका देउडा भाका, छलिया नाच लगायतका कला प्रस्तुत गरिएका थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका