Wednesday, April 22, 2026
Homeअन्तराष्ट्रियअमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टिनीहरूको समर्थनमा प्रदर्शन, सयौं पक्राउ

अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टिनीहरूको समर्थनमा प्रदर्शन, सयौं पक्राउ

काठमाडौं । गाजामा जारी द्वन्द्व विरुद्ध अमेरिकी विश्वविद्यालयहरूमा प्रदर्शन जारी छ। यसैबीच शनिबार पनि अमेरिकामा सयौं प्रदर्शनकारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ग्रीन पार्टीको राष्ट्रपति पदका उम्मेदवार जिल स्टेन पनि परेका छन् । धेरै यहूदी विद्यार्थीहरूले प्रदर्शनकारीहरूलाई यहूदी विरोधीको आरोप पनि लगाएका छन्।

सेन्ट लुइस, मिसौरीको वाशिंगटन विश्वविद्यालयबाट ८० जनालाई पक्राउ गरिएको छ।

जिल स्टेनका प्रवक्ताका अनुसार उनलाई वाशिंगटन विश्वविद्यालयमा पनि हिरासतमा राखिएको थियो।

प्रवक्ताका अनुसार जिल स्टेनमाथि अहिलेसम्म कुनै आरोप लगाइएको छैन।

यी प्रदर्शनका कारण अमेरिकाका धेरै विश्वविद्यालयहरूमा अध्यापन कार्य पनि प्रभावित भएको छ ।

क्यालिफोर्निया राज्य पोलिटेक्निकले अब विश्वविद्यालयमा अनलाइन कक्षा लिइने जनाएको छ ।

आन्दोलनका कारण दीक्षान्त समारोह पनि रद्द भएको छ ।

गाजामा जारी हिंसाविरुद्ध प्यालेस्टिनीहरूको समर्थनमा पहिलो पटक अप्रिल १७ मा कोलम्बिया विश्वविद्यालयमा प्रदर्शन सुरु भएको थियो।

प्रदर्शनकारी विद्यार्थीको पाल हटाउन प्रहरी पुगेपछि यी प्रदर्शनहरू अहिले अमेरिकाका धेरै विश्वविद्यालयहरूमा फैलिएका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका